कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। काठमाडौंमा आज आयोजित एक कार्यक्रमबीच कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ।
सोमबार एओयूमा एनसीसी बैंकका तर्फबाट मर्जर कमिटी संयोजक तथा सञ्चालक चन्द्र बाँस्तोला र कुमारी बैंकका तर्फबाट मर्जर कमिटीका संयोजक तथा सञ्चालक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् । दुई बैंकबीच सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) १ः१ मा मर्जर हुने सहमति भएको हो ।
दुई बैंक गाभिएपछि चुक्ता पूँजी २५ अर्ब ८५ करोड हुनेछ । बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ । जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पूँजी ३७ अर्ब ६५ करोड हुनेछ ।






