सिद्धार्थ बैंकले ल्यायो ‘दसैँको बहार, क्यासब्याक उपहार’ योजना

सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान् चाड दसैँको अवसर पारी ग्राहकलाई लक्षित गर्दै ‘दसैँको बहार, क्यासब्याक उपहार’ योजना ल्याएको छ।

डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले असोज ८ गतेदेखि लागू हुने गरी यो योजना ल्याएको हो। यस योजनाअन्तर्गत ग्राहकले असोज ८ गतेदेखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलोपटक पीओएस अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत ९अधिकतम रु. २००० क्यास ब्याक पाउन सक्नेछन्।

(विस्तृत जानकारी तथा सर्तहरु बैंकको वेबसाइट   https://www.siddharthabank.com/others/dashain-ko-bahar-cashback-upahar मा प्राप्त गर्न सकिनेछ।)

यस योजनाले नगद भुक्तानी बाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ। आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यासब्याक योजना दिँदै आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागू गर्दै जाने बैंकको योजना रहेको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्सटेन्सन काउन्टरसहित), ११८ शाखारहित बैंकिङ सेवा, १ हजार ७०० भन्दा बढी पीओएस मेसिन र २० हजारभन्दा बढी क्यूआर मर्चेन्टमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

यसका साथै बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दति र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता विभिन्न डिजिटल बैंकिङ सुविधाहरु आफ्नो वेबसाइटमा रहेको इजीबैंक पोर्टलमार्फत समेत प्रदान गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *