अभियान लघुवित्तको सेयर आइतबारबाट कारोबारमा आउने

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आउँदो आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।

अभियान लघुवित्त र नेपाल स्टक एक्सचेन्ज (नेप्से)बीच आज असोज ७ गते आईपीओ सूचीकरण सम्झौता भएको छ। यस्तो सम्झौता भएको दोस्रो दिनबाट कुनै पनि कम्पनी सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउँछ। तर, भोलि शनिबार परेको अब आइतबारबाट अभियान लघुवित्तको सेयर कारोबारमा आउनेछ।

नेप्सेमा अभियान लघुवित्तको कुल २५ लाख कित्ता आईपीओ सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १५ लाख २५ हजार कित्ता (६१ प्रतिशत) र सर्वसाधारण समूहको ९ लाख ७५ हजार कित्ता (३९ प्रतिशत) सेयर सूचीकृत भएको छ।

नेप्सेले अभियान लघुवित्तलाई ‘एभीवाईएएन’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम १०५.३६ रुपैयाँ र अधिकतममा ३१६.०८ रुपैयाँ तोकेको छ।

यदि आउँदो आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो लघुवित्तको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ।

अभियान लघुवित्तले गत साउन १८ गतेदेखि साउन २२ गतेसम्म आईपीओ बिक्री गरेको थियो। आईपीओ बाँडफाँड भने साउन ३० गते गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *