वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा चल्यो महानगरको डोजर

काठमाडौं महानगरले वीर अस्पताल अगाडि रहेका अवैध संरचनामा डोजर चलाएको छ । बिहीबार महानगरले अवैध रुपमा बनेका ती टहरामा (फार्मेसी) मा डोजर चलाएको हो ।

अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ । महानगरपालिकाले ३५ दिन अगाडि नै ती टहराका व्यवसायीहरुलाई सूचना दिएको थियो भने बुधबार पनि २४ घण्टे सूचना जारी गरेको थियो ।

नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले त्यस्ता टहरा हटाउन सुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *