अब कपाल काटेको शुल्क कम्तीमा २०० रुपैयाँ तिर्नुपर्ने

उपत्यकाका सैलुनको शुल्कमा वृद्धि भएको छ । नेपाल नाई संघले असोज १ गतेबाट लागू हुनेगरी नयाँ दररेट कायमगरेको हो ।

जसअनुसार अब कपाल काटेको शुल्क कम्तीमा २०० रुपैयाँ तिर्नुपर्नेछ । यसअघि यो शुल्क १५० रुपैयाँ थियो । दाह्री काटेको शुल्क १२० देखि २०० रुपैयाँ तोकिएको छ ।

कपाल डिजाइन गरेको ३५० देखि ५०० रुपैयाँ, दाह्री डिजाइन गरेको १५० देखि २५०, टाउको मसाज गरेको २००, स्याम्पु गरेको १२० देखि १५०, कपाल कलर गरेको ५०० देखि ६५० रुपैयाँ, फेसियल गरेको एक हजारदेखि १२ सय रुपैयाँसम्म बढेको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *