मिर्मिरे लघुवित्तको बोनस सेयर डिम्याट खातामा जम्मा

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छ । कम्पनीले गत २९ पुसमा सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको छ ।

कम्पनीले भदौ ३० गते नेप्सेमा सूचीकृत गराई भदौ ३१ गतेदेखि सम्बन्धित् सेयरधनीको हितग्राही खातामा पठाउन सुरु गरेको हो ।  भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरूले कम्पनीको सेयर अभौतिकीकरण गराएपश्चात् स्वतः हितग्राही खातामा बोनस सेयर जम्मा हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *