विजय लघुवित्तले बोलायो साधारणसभा

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले २४ पुसमा नवौँ वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न नवलपरासीमा साधारणसभा आह्वान गरेको हो ।

सभामा लघुवित्तको हाल कायम चुक्ता पुँजीको २०.०३ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.०६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।

त्यसैगरी, अन्य उपयुक्त वित्तीय संस्थालाई प्राप्ति वा मर्ज गर्नेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावमाथि छलफल हुनेछ ।

संस्थाले साधारणसभा प्रयोजनका लागि १२ पुसदेखि २४ पुससम्मभित्रमा बुकक्लोज भएकोले ११ पुससम्म नेप्सेमा कारोबार भई कायम रहेका लगानीकर्ताले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *