नेप्सेको ओरालो यात्रा रोकिएन,कारोबारमा भने सामान्य सुधार

कारोबारको दोस्रो दिन सोमबार आज दोहोरो अंकले घटेको छ । आज नेप्से १३.५९ अंकले घटेर एक हजार ९१२.६९ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से ११.४७ अंकले घटेर एक हजार ९२६.२८ विन्दुमा बन्द भएको थियो ।

आज नेप्सेमा ८३ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ७४ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये २८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४९ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । युनाइटेड इदीमार्दी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ४.१७ प्रतिशतले बढेर प्रतिकित्ता ५५० रुपैयाँ पुगेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज ४ करोड ७ लाखभन्दा बढीको कारोबार भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *