अर्थ सन्जाल
१० आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१० आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सुपर न्यादीको विद्युत् गृह पुग्ने सुरुङ मार्गमा ‘ब्रेक थ्रु’

  • अर्थ सन्जाल
  • ५ भाद्र २०७९, आईतवार १५:५९


उत्तरी लमजुङको ङादीखोलामा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको जलविद्युत् आयोजनाको विद्यृत् गृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ ।

अर्धभूमिगत विद्युत् गृह निर्माणका लागि आयोजनाले करिब चार सय मिटर सुरुङ मार्ग निर्माण गरेको हो । सिउरी न्यादी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको उक्त आयोजनाको मुख्य सुरुङ खन्ने कार्यसमेत भइरहेको छ ।

मर्स्याङ्दी गाउँपालिका- ६ डहरेमाथि निर्माण हुने ड्यामसाइडसम्मको २२ किलोमिटर सडकमध्ये करिब डेढ किलोमिटर सडक बनाउन बाँकी छ । यो कार्य दुई महिनामा पूरा हुने आयोजनाले जनाएको छ । विद्युत् गृह नाइँचे गाउँनजिकै बन्नेछ । हेलिकप्टरमार्फत् (एयरलिफ्ट गरी) सामान पुर्‍याएर बाँध र ड्यामसाइडबाट सडक खन्ने कार्यसमेत भइरहेको छ ।

आयोजनाका प्रवन्ध निर्देशक दिनेश गुरुङका अनुसार सात किलोमिटरको सुरुङमार्गमा काम भइरहेको छ । विद्युत् गृह पुग्ने पहुँचमार्ग पूरा भएपछि विद्युत् गृहको काम सुरु हुनेछ ।  आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) अनुसार आगामी दुई वर्षभित्र (२०८१ असारभित्र) विद्युत् उत्पादन सुरु गर्ने तालिका छ । वर्षातको ६ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र ६ महिनाको हिउँदयाममा ८ रुपैयाँ ४० पैसाको दरले विद्युत् खरिदबिक्री हुनेछ ।

हाई हिमालय र धवलागिरी कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको उक्त आयोजना सक्न सात अर्ब रुपैयाँ लागत प्रक्षेपण गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा ६ वटा वित्तीय संस्थाले पाँच अर्ब २५ करोड रुपैयाा (७५ प्रतिशत) ऋण लगानी गर्नेछ । प्रवर्द्धकको इक्वीटी (स्वपुँजी) एक अर्ब ७५ करोड रुपैयाँ (२५ प्रतिशत) रहनेछ । वार्षिक २३ करोड ५७ लाख ६० हजार युनिट (२३५.७६ गिगावाट घन्टा) विद्युत् उत्पादन हुने विद्युत्‌लाई विद्युत्‌गृहदेखि ११ किलोमिटर टाढाको टारीकुनामा निर्माण गरिने १३२ केभी प्रसारण लाइन खुदी सबस्टेसनमा जोडिनेछ ।

Artha Sanjal
मिती : ५ भाद्र २०७९, आईतवार १५:५९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने

इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)

टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

ताजा समाचार

  1. वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने
  2. इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)
  3. टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान
  4. कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
  5. प्रधानमन्त्री प्रचण्ड छोङ्छिङ्बाट ल्हासा पुगे
  6. पर्यटन र संस्कृति ऐन संशोधनको तयारी गरेका छौं : मन्त्री किराती
  7. यस्ताे छ तरकारी तथा फलफूलको मूल्य

विजनेश फोकस

बिकेन अपि पावरको हकप्रद, असोज १७ गतेबाट लिलामीम...

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा क...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.