अर्थ सन्जाल
१६ आश्विन २०८०, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१६ आश्विन २०८०, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सिँचाइको अभावले किसान मर्कामा, धानका बोट पहेँलिन थाले

  • अर्थ सन्जाल
  • ५ भाद्र २०७९, आईतवार १४:५२


धनुषासहित तराई–मधेशका जिल्लामा पानी नपर्दा किसान चिन्तित बनेका छन् । सिँचाइको अभावमा किसानले लगाएको धानबाली सुक्न थालेको छ । भर्खरै रोपिएको धान खेतमा धाँजा फाटेको छ । खडेरीको मार मै जेनतेन रोपाइँ गरेका किसानको खेतमा धानका बोट हुर्कन पाएका छैनन्।

पर्याप्त वर्षा नभएपछि भदौ पहिलो सातासम्म पनि केही ठाउँमा रोपाइँ गर्न नपाउँदा ब्याड सुकिसकेको छ। रोपाइँ गरेका धान खेतमा पनि धाँजा फाटेर बोट पहेँलिन थालेका छन्। बोट हलक्क बढ्नुपर्ने बेला सुक्न थालेपछि किसान आकाशतिर हेर्दै दिन काटिरहेका छन् ।

वर्षा हुन नसक्दा किसानले पम्पसेटमा महँगो डिजेल खर्चेर पानी लगाइरहेका छन् । प्रतिलिटर १७३ रुपियाँ ५० पैसाको डिजेल खर्चेर धानमा पानी लगाउनुपरेको क्षीरेश्वरनाथ नगरपालिका–४, हरैयाका किसान दिपो यादवले गुनासो गरे । यस वर्ष पर्याप्त वर्षा नहुँदा धान रोप्न र रोपिसकेपछि सिँचाइ गर्न पम्पसेट चलाउनुपरेको यादवले बताए ।

“असार र साउन पानी नपरेरै बित्यो, भदौ लागेपछि पनि उही अवस्था छ, बाहिर हेर्दा चैतमा जस्तो खण्डहर देखिन्छ”, यादवले भने, “हामी किसानलाई न वर्षाले साथ दियो न सरकारले, पम्पसेट चलाएर जसोतसो पानी लगाएपछि पनि खेतमा हाल्ने रासायनिक मल छैन् ।”

धनुषामा अहिले क्षीरेश्वरनाथ, बटेश्वर, मिथिला, धनुषाधाम, लक्ष्मिनिया, सबैल, शहीदनगरलगायत पालिकाका किसानले पम्पसेट चलाएर धान बालीमा सिँचाइ गरिरहेका छन् । पूर्व–पश्चिम राजमार्गदेखि उत्तरतर्फका अधिकांश किसानले लगाएको धानबाली भने सुकेर गइरहेको छ । पानीको सतह निकै तल रहेकाले उत्तरी भेगमा पम्पसेट चल्दैन । उत्तरी भेगमा केही किसानको खेतमा कुलोको पानी लागे पनि खोलामा पानी सुकेपछि पानी लगाउन किसानबीच हानाथाप छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख शङ्रप्रसाद साहले जिल्लाको उत्तरी क्षेत्र मिथिला नगरपालिका–११ तुलसी रातु नदीबाट कुलोमार्फत त्यहाँका किसानले धान समयमै रोपी सिध्याएको बताए । सिँचाइको प्रयाप्त सुविधा नभए पनि बाह्रैं महिना पानी बगिरहने रातु नदीबाट कुलोमार्फत चुरे, बाहुनमारा, बिश्मवरमा धान रोपिएको उनले जानकारी दिए ।

प्रमुख साहले तत्काल वर्षा नभए धानखेतीमा ठूलो क्षति पुग्ने र उत्पादनमै ह्रास आउनसक्ने बताए । मधेस प्रदेशका आठ जिल्लामा केही समयदेखि वर्षा हुन नसक्दा धान खेतमा चिरा पर्नाका साथै बोट पहेँलिँदै गएको किसान बताउँछन ।

यसरी लामो समयदेखि मधेस–तराई क्षेत्रमा वर्षा नहुँदा लहलहाउँदो धान अहिले सुक्न थालेको हो । वर्षात्का बेला बाढीपसेको मौकामा रोपाइँ गरेका किसान लामो समय पानी नपरेर धान सुक्न थालेपछि चिन्तित बनेका छन् । बाढीको बेला भल छोपेर रोपेको धान खेत चिरा–चिरा परेको स्थानीय किसान बताउँछन् । बटेश्वर गाउँपालिका–५, शान्तिपुरका किसान महेश यादवले पानी नपर्दा एक बिघामा लगाएको धान सुक्न थालेको बताए।

उनले भने, “लामो समयदेखि पानी नपर्दा मोटरबाट पानी लगाउने गरेका छौँ, सिँचाइको व्यवस्था नहुँदा कल (ट्युबेल) बाट खेतमा पानी लगाउँदै आएका छौँ, तर त्यसले कतिञ्जेल धान्नु ?” क्षीरेश्वरनाथ नगरपालिका–४ का जगदीश यादवले समयमा पानी नपरेर किसानले खेतमा लगाएको धानबाली सखाप हुने अवस्थामा पुगेको गुनासो गरे ।

सो वडाका वडाध्यक्षसमेत रहेका यादवले सबै किसानका खेतामा सिँचाइ सुविधा पुर्याउने गरी तीनवटै सरकारले काम गर्नुपर्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डलले सिँचाइ अभावमा धान उत्पादनमा कमी आउने आकलन गरे । किसानसमेत रहेका यादवले पम्पसेटबाट जसोतसो खेतमा पानी लगाउँदै आएको बताए।

क्षीरेश्वरनाथका युवा नेता घनश्याम यादवले लामो समयदेखि वर्षा नहुँदा किसान उत्पादनलाई लिएर चिन्तित हुन थालेको र यसबारे सरकारले बेलैमा ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।

कृषि ज्ञान केन्द्रका अनुसार धनुषामा ६४ हजार छ सय हेक्टरमा धान खेती हुँदै आएको छ । त्यसमध्ये करिब दुई हजार पाँच सय हेक्टर क्षेत्रमा सिँचाइ हुने गरेको छ भने बाँकी जमिनमा आकाशे पानीको भरमा खेती गर्नुपर्ने स्थिति छ ।

कृषिविज्ञ डा श्रीभगवान ठाकुरले मधेस–तराई मुख्य गरी धानबाली र तरकारीका लागि उपयुक्त भूमि भएकाले केन्द्र, प्रदेश र स्थानीय तीनवटै सरकार मिलेर दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए । उनले भने, “तराईँले पूरै देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने सामथ्र्य राख्दछ”, उनले भने ।

मधेस प्रदेशको कृषि निर्देशनालयका अनुसार यस प्रदेशमा पाँच लाख ४७ हजार दुई सय २६ हेक्टर जग्गा खेतीयोग्य रहेको तर पछिल्लो केही वर्षयता खेती गर्ने क्रम घट्दै छ । अहिले पाँच लाख २६ हजार ६५ हेक्टर जग्गामा मात्रै खेती हुँदै आएको छ । खेतीयोग्य जग्गा पाँच लाख २६ हजार हेक्टर भए पनि प्रदेशको सिञ्चित क्षेत्रफल एक लाख १५ हजार पाँच सय १५ हेक्टर मात्रै छ ।

कृषि अधिकृत बद्रीनारायण झाले जेनतेन गरेर खेतमा धान रोपाइँ भए पनि पानी नपर्दा खेत चिराचिरा परेर धान बाली नै सुक्न थालेको बताए। “पानी नपर्दा किसान निराश छन्, धान खेत हेर्न गयो सबै चिराचिरा परेर सुक्न थालेको देखिन्छ”, झाले भने, “तत्काल वर्षा नभए धान खेतीमा ठूलो क्षति पुग्ने देखिन्छ, उत्पादनमै ह्रास आउन सक्छ ।”

Artha Sanjal
मिती : ५ भाद्र २०७९, आईतवार १४:५२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य

बीउ र तरकारी बेचेर १४ लाख बढीको आम्दानी

मनसुन लम्बियो : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

यस्ताे छ आजकाे तरकारी तथा फलफूल मूल्य

ताजा समाचार

  1. युवासन्त श्रीनिवासाआचार्य पक्राउ
  2. पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता
  3. नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव
  4. एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट
  5. नेपालमा आर्थिक वृद्धिको उच्च सम्भावना रहेको एसियाली विकास बैंकका पूर्वअध्यक्ष कुरोदाको भनाई
  6. महँगी र बेथितिविरुद्ध संसद्‍मा सांसदको प्रश्नै–प्रश्न
  7. बझाङ केन्द्रबिन्दु बनाएर लगातार ४ रेक्टरमाथिका ६ वटा भूकम्प

विजनेश फोकस

ठमेलकाे गामबेंसी दोहोरी साँझमा म्याद नाघेकाे बि...

सामसङको चाडपर्व अफर : समान खरिदमा ४१ प्रतिशतसम्...

एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित ग...

सेन्साईको दसैँ-तिहार योजना : कुनै पनि सामान किन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.