अर्थ सन्जाल
९ आश्विन २०८०, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
९ आश्विन २०८०, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

अपर तामकोशी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको बाटो खुला

  • अर्थ सन्जाल
  • ३ भाद्र २०७९, शुक्रबार १७:३९


अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको बाटो खुला भएको छ । कम्पनीको भदौ ३ गते शुक्रवार सम्पन्न १४औं वार्षिक साधारण सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरेसँगै कम्पनीलाई प्रकृया अघि बढाउने बाटो खुला भएको हो ।

शुक्रवार काठमाडौंमा सम्पन्न सभाले अघिल्लो आर्थिक वर्ष ०७७÷७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ । कम्पनीले सोही पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. २१ अर्ब १८ करोड पुग्नेछ ।

जलविद्युत कम्पनीहरूलाई कर्जा तिर्नका लागि हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था विद्युत नियमकन आयोगले गरेपनि यस कम्पनीले भने हकप्रद शेयर विक्रीबाट प्राप्त रकम कम्पनीका सहायक जलविद्युत आयोजनाहरु रोल्वालिङ खोला जलविद्युत र तामाकोशी–५ जलविद्युत आयोजना निर्माणमा लगानी हुने जानकारी कम्पनीले दिएको छ ।

यस कम्पनी हाल नोक्सानीमै रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी रू. १ अर्ब ८७ करोडभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद नोक्सानीमा उल्लेख्य बृद्धि भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनी रू. ५ करोड ३४ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको थियो ।

गत वर्ष कम्पनीले रू. ७ अर्ब १७ करोडभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेपनि वित्तीय खर्च उल्लेख्य बृद्धि हुँदा नोक्सानी बढेको हो । अघिल्लो वर्ष रू. १ लाख २९ हजार वित्तीय खर्च भएकोमा गत वर्ष रू. ५ अर्ब ६२ करोडभन्दा बढी यो खर्च भएको हो ।

कम्पनीले लिएको दिर्घकालिन कर्जा र अल्पकालिन कर्जानै अघिल्लो वर्षको तुलनामा गत वर्ष बढी भएको छ । अघिल्लो वर्ष रू. ४० अर्ब ५८ करोडभन्दा बढी रहेको दिर्घकालिन कर्जा गत वर्ष रू. ७३ अर्ब ७८ करोडभन्दा बढी पुगेको छ । त्यस्तै अघिल्लो वर्ष रू. ३ अर्ब ८० करोड रहेको अल्पकालिन कर्जा गत वर्ष रू. ५ अर्ब ६३ करोडभन्दा बढी रहेको छ । राष्ट्रिय गौरबको आयोजनाबाट विद्युत उत्पादन गर्न सुरु गरेकै वर्षदेखि लाभांश खुवाउने आशा गरेका लगानीकर्ताहरूलाई कम्पनीको वित्तीय अवस्था देख्दा केहि वर्ष अझै प्रतिक्षा गर्नुपर्ने देखिन्छ ।

Artha Sanjal
मिती : ३ भाद्र २०७९, शुक्रबार १७:३९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

सरकारी नीतिका कारण पुँजी बजार धरासायी बन्यो : अध्यक्ष ढकाल

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा कडाइ गरिने

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

सेयर बजारमा दोहोरो अंकको वृद्धि, २ अर्ब २९ करोडकाे कारोबार

ताजा समाचार

  1. स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन मेयर शाहको आग्रह
  2. यो सरकारको नेतृत्वमा देशको अर्थतन्त्र लयमा फर्किने सम्भावना छैन : उपाध्यक्ष पौडेल
  3. साल्ट ट्रेडिङ कम्पनीमा कालाे ब्यानर टाँसेर कर्मचारीहरुकाे बिराेध सुरु
  4. दुई बिरामीको एकै पटक मिर्गौला प्रत्यारोपण गर्न सुमेरु अस्पताल सफल
  5. ॐ हस्पिटलमा माछापुछ्रे बैंकका कर्मचारी र कार्डहोल्डरलाई विशेष छुट
  6. ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५ प्रतिशत क्यासब्याक
  7. सुष्मिता र दियाले जिते मिस एण्ड मिसेस युनिभर्सलको ताज

विजनेश फोकस

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा क...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

इन्द्रजात्राको दिन पनि कृषि विकास बैंकको यी शाख...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.