अर्थ सन्जाल
९ आश्विन २०८०, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
९ आश्विन २०८०, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

नागरिकता विधेयक : संसद्ले हुबहु पठाउने भएपछि राष्ट्रपतिले कस्ताे कदम चाल्लिन् ?

  • अर्थ सन्जाल
  • ३ भाद्र २०७९, शुक्रबार १४:५९


राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभा पुनः हुबहु पारित गरेपछि अब आफूले चाल्ने विकल्पका बारेमा संविधानविद्हरुसँग छलफल गरेकी छन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेको माग बमोजिम मत विभाज प्रक्रियाबाट प्रतिनिधि सभाले बिहीवार उक्त विधेयक परित गरिसकेको छ ।

अब माथिल्लो सदन राष्ट्रिय सभाबाट पनि विधेयक पारित भएर प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिकोमा जानेछ । आफूले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक संसद्ले पुनः जस्ताको त्यस्तै फिर्ता पठाउने भएपछि राष्ट्रपति भण्डारीले अबको कदमबारे कानुनविद् तथा संवैधानिक कानुनका जानकारहरूसँग छलफल गरेकी हुन् ।

पुर्नविचारका लागि संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकमाथि बिहीबार प्रतिनिधि सभामा छलफल चलिरहँदा शितल निवासमा राष्ट्रपति भण्डारीले कानुनविद्हरूसँग परामर्श गरेकी हुन् । उनले कानुन तथा संवैधानिक क्षेत्रका विज्ञ तथा जानकारहरू डा. सुरेन्द्र भण्डारी, डा. भीमार्जुन आचार्य, डा. विपिन अधिकारी लगायतसँग छलफल गरेकी हुन् ।

छलफलका क्रममा सहभागीहरूले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रपतिले दिएको सन्देशलाई सरकार र संसद्ले गम्भीर रूपमा लिनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए । उनीहरूले राष्ट्रपतिले संवैधानिक दायरा अनुसार दिएको सुझावहरूमा साधारण छलफल समेत नगरी संसदीय मर्यादा समेत पालना नुहुन दुःखद भएको बताए ।

छलफलमा संविधानविद् डा. सुरेन्द्र भण्डारीले राष्ट्रप्रमुखले गरेका प्रत्येक संवैधानिक कदमका जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने अन्तराष्ट्रिय अभ्यास रहेको बताए । उनले नेपालमा भने यसको परिपालना नभएर दूर्भाग्यपूर्ण स्थिति देखा परेको उनको निष्कर्ष थियो । त्यस्तै, उनले संसदमा छलफल गर्नुभन्दा अगाडि संविधानले नचिनेको गठबन्धनले विधेयकको बारेमा निर्णय गर्नु समेत दुर्भाग्यपूर्ण भएको बताए ।

त्यस्तै, संविधानविद् डा. भीमार्जुन आचार्यले पनि राष्ट्रपतिको सुझाव संवैधानिक प्रयोगको उत्कृष्ट अभ्यास भएको उल्लेख गरे । उनले सभ्य समाजले कल्पना गर्नपनि नसक्ने कार्य सरकारबाट भएको भन्दै संविधानको सिद्धान्तअनुसार राष्ट्रप्रमुखले अबको निर्णय लिनुपर्ने सुझाव दिए ।

त्यस्तै, संविधानविद् डा. विपिन अधिकारीले राष्ट्रपतिको सन्देशमाथि संसदमा छलफल हुनुपर्ने भएपनि संसदमा आवश्यक विषयमा छलफल नै नभएको बताए । उनले अबका विकल्प जोखिमपूर्ण रहेको भन्दै देशले ठूलो जोखिम मोल्नुपर्ने अवस्था भएकोले सुझबुझपूर्ण निर्णय गर्नुपर्ने सुझाव दिए ।

पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र पूर्व उपाध्यक्ष यशोदा तिमिल्सिनाले संसद सीमित नेताहरूको निर्णय अनुमोदन गर्ने थलोमात्र भएको उल्लेख गर्दे अबको १५ दिन भित्र राष्ट्रप्रमुखले सरकार, प्रमुख दलहरुसँग संवाद गरी उपयुक्त निर्णय लिनुपर्ने सुझाव दिए । छलफलमा राष्ट्रपति भण्डारीले सबै नेपाली नागरिकले नागरिकता पाउनुपर्नेमा आफू प्रतिबद्ध रहेको तथा राष्ट्र र राष्ट्रियताबारे पनि चिन्तित रहेको बताएकी थिइन् ।

Artha Sanjal
मिती : ३ भाद्र २०७९, शुक्रबार १४:५९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

सिटिजन लाइफको आईपीओ डिम्याटमा

१३ लाखको हात रित्तो हुने मिड सोलु हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुने

असोज १८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै माथिल्लो मैलुङ खोला

नेपाल र चीनबीच केरुङ-चिलिमे २२० केभी प्रसारण लाइन निर्माणमा सहमति

ताजा समाचार

  1. सिटिजन लाइफको आईपीओ डिम्याटमा
  2. १३ लाखको हात रित्तो हुने मिड सोलु हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुने
  3. असोज १८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै माथिल्लो मैलुङ खोला
  4. नेपाल र चीनबीच केरुङ-चिलिमे २२० केभी प्रसारण लाइन निर्माणमा सहमति
  5. सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त
  6. यस्ताे आज तरकारी तथा फलफूलको मूल्य
  7. अश्लिल हर्कत देखाउनेहरुनै दमकमा समाजका अगुवा: ‘नेतादेखि सहकारीका संचालकसम्म’

विजनेश फोकस

असोज १८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर...

अश्लिल हर्कत देखाउनेहरुनै दमकमा समाजका अगुवा: &...

सेयर कर्जाको १२ करोडको सीमा हट्न सक्ने, गभर्नर ...

मन्दीको प्रभाव : दशैँ नजिकिए पनि न्यूरोड सुनसान...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.