अर्थ सन्जाल
१० आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१० आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

अछामका ५ पालिकाका जनप्रतिनिधिले खर्चको विवरण बुझाएनन्

  • अर्थ सन्जाल
  • ३ भाद्र २०७९, शुक्रबार ११:२४


निर्वाचन आयोगले गत ३० वैशाख सम्पन्न स्थानीय तह निर्वाचनमा भएको खर्चको विवरण पेस नगर्ने उम्मेदवारको नाम सार्वजनिक गरेको छ । निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिए बमोजिमको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ । तर, उक्त व्यवस्था नमानी निर्वाचनमा भएको खर्चको हिसाब किताब नबुझाउने उम्मेदवारको नाम सार्वजनिक गरिएको हो ।

स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा भाग लिएका अछामका पाँच पालिकामा निर्वाचित प्रमुख, उपप्रमुखले स्थानीय तह निर्वाचनमा भएको खर्चको विवरण पेस गरेकोमा पाँच पालिकामा निर्वाचितले अहिलेसम्म पनि खर्चको विवरण पेस गरेका छैनन् ।

खर्चको विवरण पेस गर्नेमा साँफेबगर नगरपालिकामा नगर प्रमुख राजेन्द्र कुँवर र नगर उपप्रमुख शिवबहादुर शिलोज, नेकपा एमालेबाट मेयरका उम्मेदवार बनेका पशुपति कुँवर छन् । मंगलसैन नगरपालिकाका नगर प्रमुख पदमबहादुर बोहरा र नगर उपप्रमुख संगीताकुमारी रावल, कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकाल र उपप्रमुख सारदा विष्टले तोकिएको समयमै खर्चको विवरण पेस गरेका छन् ।

मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउद र उपाध्यक्ष नृपबहादुर खड्का र नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार भीमबहादुर खड्काले निर्वाचन खर्च बुझाएका छन् । तृर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर विसी र उपाध्यक्ष विमला शाहीले विलम्ब गरी खर्च विवरण बुझाएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

पञ्चदेवल नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउने र उपप्रमुख हर्कबहादुर रावलले खर्चको विवरण बुझाएका छैनन् । माओवादी केन्द्रबाट मेयरका उम्मेदवार रामबहादुर विकले भने समयमा खर्चको विवरण बुझाएका छन् । नेकपा एमालेबाट मेयरका उम्मेदवार नन्दसिंह कडायत र एकीकृत समाजवादीका योगेन्द्र विष्टले पनि खर्चको विवरण बुझाएका छैनन् । चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउद, उपाध्यक्ष सरदेवी खड्काले निर्वाचनमा भएको खर्चको विवरण पेस गरेका छैनन् ।

नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार रामबहादुर आउजी र एकीकृत समाजवादीबाट अध्यक्ष उम्मेदवार हर्क साउदले पनि खर्चको विवरण पेस गरेका छैनन् ।  बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउद र उपाध्यक्ष बिन्दु रावल, एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार लोकेन्द्र साउद, स्वतन्त्र उम्मेदवार डम्बर स्वाँर, ताराप्रसाद पाण्डेले पनि खर्चको विवरण पेस गरेका छैनन् ।

रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउद, उपाध्यक्ष सृजना बुढा, नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार चक्र रावल र माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार पहल साउदले पनि हालसम्म खर्चको विवरण पेस नगरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश साउद, उपाध्यक्ष नेत्रकला शाही, र एकीकृत समाजवादी अध्यक्षका उम्मेदवार शेरबहादुर बुढाले अहिलेसम्म पनि खर्चको विवरण बुझाएका छैन । तर, एमालेबाट अध्यक्षका उम्मेदवार बनेको धर्म शाही र उपाध्यक्षका उम्मेदवार माया बुढाले खर्च विवरण बुझाएका छन् ।

मंगलसैन नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार नमबहादुर शाही, कमलवजार नगरपालिकामा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका कटकबहादुर साउद, तुर्माखाँद गाउँपालिका कांग्रेसबाट उम्मेदवार बनेका कर्णबहादुर बुढा, समाजवादीका डवल चलाउने, माओवादी केन्द्रका मनबहादुर वयकले पनि अहिलेसम्म खर्च विवरण नबुझाएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

पालिकाका प्रमुख, उपप्रमुख मात्रै हैन अधिकांश वडा अध्यक्ष र सदस्यले पनि खर्च विवरण बुझाएका छैनन् ।  निर्वाचन खर्चको विवरण पेस नगर्नेहरुलाई आयोगले स्पष्टीकरण एक साताभित्र सम्बन्धित् जिल्लाको निर्वाचन कार्यालयमा पेस गर्न आदेश दिएको छ ।

तोकिएको जरिवाना ६ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागु हुनेगरी बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्नेछ । तोकिएको समयभित्र त्यस्तो विवरण सार्वजनिक नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले पटकै पिच्छे १५ हजार रुपैयाँ जरिवाना गर्नसक्नेछ ।

Artha Sanjal
मिती : ३ भाद्र २०७९, शुक्रबार ११:२४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का

वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने

इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)

टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान

ताजा समाचार

  1. संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का
  2. वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने
  3. इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)
  4. टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान
  5. कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
  6. प्रधानमन्त्री प्रचण्ड छोङ्छिङ्बाट ल्हासा पुगे
  7. पर्यटन र संस्कृति ऐन संशोधनको तयारी गरेका छौं : मन्त्री किराती

विजनेश फोकस

बिकेन अपि पावरको हकप्रद, असोज १७ गतेबाट लिलामीम...

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा क...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.