

गत आर्थिक वर्षमावन निर्जी बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट २७ करोड भन्दाबढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार यस अवधिमा कम्पनीहरुले १ लाख ७८ हजार ३९५ वटा बीमालेख बिक्री गरी २७ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । कृषि तथा बाली बीमा गर्नेहरुको संख्या बढेसँगै बीमा शुल्क संकलन पनि वृद्धि भएको छ ।
प्रदेशगत बीमाशुल्क संकलनको अवस्था हेर्दा पनि कुल बीमा शुल्क आर्जन बढेको देखिन्छ । समितिका अनुसार यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट बागमती प्रदेशमा सबै भन्दाबढी बीमाशुल्क आर्जन गरेका छन् । कम्पनीहरुले यस अवधिमा बागमती प्रदेशमा ७१ हजार ८२४ बीमालेख बिक्री गरी ९ करोड ७९ लाख २१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
कम्पनीहरुले प्रदेश नम्बर १ बाट २६ हजार ९४४ बीमालेख बिक्री गरी ४ करोड ९७ लाख ३१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । समितिका अनुसार कृषि तथा बाली बीमाबाट कम्पनीहरुले मधेश प्रदेशबाट ३ करोड रुपैयाँ भन्दा बढी बीमाशुल्क अर्जान गरेका छन् । यस अवधिमा कम्पनीहरुले उक्त प्रदेशबाट १२ हजार ५० बीमालेख बिक्री गरी ३ करोड ५ लाख ७४ हजार रुपैयाँ बीमा शुल्क अर्जा गरेका हुन् ।
समितिका अनुसार गण्डकी प्रदेशमा पनि कृषि तथा बाली बीमा वापत गरिने बीमा शुल्कमा पनि वृद्धि भएको छ । कम्पनीले यस अवधिमा उक्त प्रदेशबाट २१ हजार ६३५ बीमालेख बिक्री गरी ३ करोड २७ लाख ३७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।
लुम्बिनी प्रदेशमा कम्पनीहरुले कृषि तथा बाली बीमाबाट ४ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहले यस अवधिमा ३० हजार ४० बीमालेख जारी गरी सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।
कर्णाली प्रदेशमा कृषि तथा बाली बीमा गर्नेहरु बढेका छन् । बीमा गर्नेहरु बढेसँगै बीमा शुल्कमा पनि बढेको छ । कम्पनीहरुले उक्त प्रदेशमा यस अवधिमा १० हजार ६४४ बीमालेख बिक्री गरेका थिए । उक्त संख्यामा बीमालेख बिक्री गरी कम्पनीहरुले एब अर्ब १३ करोड २७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
समितिका अनुसार कम्पनीहरुले यस अवधिमा सुदुरपश्चिम प्रदेशबाट ८४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहले उक्त प्रदेशमा यस अवधिमा ५ हजार २५८ बीमालेख बिक्री गरेको तथ्यांकमा उल्लेख छ ।

अर्थ सन्जाल