मनकामना स्मार्ट लघुवित्त र साना किसानको लाभांश स्वीकृत

नेपाल राष्ट्र बैंकले साना किसान विकास  र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको लाभांशलाई स्वीकृत गरेको छ ।

साना किसानको सञ्चालक समितिले आर्थिक वर्ष २०७७/७८ सम्मको को संचित मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । हाल एक अर्व २५ करोड सेयर पुँजी रहेको कम्पनीको उक्त लाभांश वितरणपछि पुँजी डेढ अर्व नाघ्नेछ ।

यसैगरी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको पनि १७ प्रतिशत बोनस सेयरलाई राष्ट्र बैंकले स्वीकृत गरेको छ । दुवै कम्पनीका साधारणसभाबाट पारित गरेपछि उक्त लाभांश वितरण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *