फेसबुकसँग १५० अर्ब डलर क्षतिपूर्ति मागे राेहिंग्या मुसलमानले

घृणात्मक अभिव्यक्तिलाई पश्रय दिएकाे आराेप लगाउँदै बेलायत र अमेरिकामा रहेका राेहिंग्या शरणार्थीले फेसबुकविरुद्ध उजुरी दिएका छन् । फेसबुकले अल्पसंख्यक समुदायमाथि भएका हिंसालाइ प्रवर्द्धन गरेकाे भन्दै राेहिंग्या शरणार्थीले १५० अर्ब डलर क्षतिपूर्तिसमेत माग गरेका छन् ।सन् २०१७ मा सेनाकाे दमनका कारण बाैद्ध धर्मालम्बीकाे बाहुल्यता रहेकाे म्यानमारमा करिव १० हजार राेहिंग्या शरणार्थी मारिएकाे अनुमान छ । सेनाकाे दमनपछि लाखाैं राेहिंग्या देश छाेडेर छिमेकी मुलुक वंगलादेशमा शरण लिएका थिए । शरणार्थीले उजुरी गरेकाे विषयमा फेसबुकले कुनै टिप्पणी गरेकाे छैन् । घृणास्पद र खतरनाक तथा गलत सूचना वर्षाैंदेखि प्रवाह गरेकाे फेसबुकमाथि आराेप लाग्दै आएकाे छ ।

केही शरणार्थीेकाे पक्षमा काम गर्दै आएकाे बेलायकाे एउटा फर्ममार्फत त्यहाँका शरणार्थीले मुद्दा दायर गरेकाे जनाइएकाे छ । म्यानमारमा भइरहेका जातीय हिंसाबारे सत्यतथ्य नबुझी हचुवाका भरमा फेसवुकले अल्पसंख्यक समुदायमाथि भइरहेका टिप्पणीलाई प्राेत्साहन गरेकाे निवदेनमा जनाइएकाे छ ।

राेहिंग्याविरुद्ध भइरहेका गालीग्लाैज गर्ने व्यक्तिकाे अकाउन्ट डिलिट नगरेकाे पनि निवेदनमा जनाइएकाे छ । सञ्चारमाध्यम र दातृ संस्थाकाे चेतावनीका बाबजुद उपर्युक्त कदम नचालेकाे फेसबुकमाथि आराेप लागेकाे छ ।

त्यस्तै अमेरिकामा पनि सानफ्रान्सिस्काेमा राेहिंग्याकाे तर्फबाट उजुरी परेकाे छ । म्यानमारमा फेसबुकका २ कराेड प्रयाेगकर्ता छन् । अधिकांशले सामाजिक सञ्जालबाट नै समचारबारे अपडेट हुन्छन् ।

म्यानमारको सेनाले राज्यसंरक्षित आतंकको सिर्जना गरेकाले अल्पसंख्यक मुस्लिम राेहिंग्याले देश छोडेर भाग्न बाध्य भएको बताइएको छ । तर, सेनाले रोहिंग्या मुस्लिममाथि ज्यादती नगरेको दाबी गरेको छ । म्यानमारकाे उत्तरी रखाइन राज्यमा सरकारले नै जातीय विभेद गरेको मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले बताउँदै आएको छ ।

राष्ट्रसंघले सार्बजनिक गरेको एउटा प्रतिबेदनमा सेनाले रखाईन प्रान्तका दर्जनौं महिलामाथि बलात्कार गरेको र बालबालिकाको हत्या गरेको उल्लेख छ । ‘कारबाहीका नाममा सेनाले बालबालिकाको हत्या र महिलामाथि बलात्कार गरेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *