नबिल ब्यालेन्सड् फन्ड–२, ब्यालेन्सड् फन्ड–३ र इक्विटी फन्डको न्याभ बढ्यो

नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाका कात्तिक महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिएको छ।

कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेका नबिल ब्यालेन्सड् फन्ड–२, नबिल ब्यालेन्सड् फन्ड–३ र नबिल इक्विटी फन्डको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिएको हो। जसअनुसार यी तीनै योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) मा बढोत्तरी भएको देखिएको छ।

नबिल ब्यालेन्सड् फन्ड–२ को न्याभ कात्तिक मसान्तसम्म बढेर १३.८६ रुपैयाँ पुगेको छ। गत असोज मसान्तसम्म न्याभ १३.३८ रुपैयाँ रहेको थियो।

यस योजनाअन्तर्गत कात्तिकसम्म सूचीकृत सेयरमा लगानी बढेर १ अर्ब २५ करोड रुपैयाँ बढी भएको छ। असोजसम्म सूचीकृत सेयरमा १ अर्ब १९ करोड रुपैयाँ लगानी रहेको थियो। यो योजनाको कुल लगानी १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। असोजसम्म कुल लगानी १ अर्ब ४० करोड रुपैयाँ रहेको थियो।

कात्तिकसम्म यो योजनाले कुल २ करोड १३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। असोजसम्म कुल घाटा ७ करोड ४४ लाख रुपैयाँ रहेको थियो। यसैगरी नबिल ब्यालेन्सड् फन्ड–३ को न्याभ कात्तिक मसान्तसम्म बढेर १०.०४ रुपैयाँ पुगेको छ। गत असोज मसान्तसम्म न्याभ ९.८७ रुपैयाँ रहेको थियो।

यस योजनाअन्तर्गत कात्तिकसम्म सूचीकृत सेयरमा लगानी बढेर ४२ करोड ८७ लाख रुपैयाँ बढी भएको छ। असोजसम्म सूचीकृत सेयरमा ३३ करोड ७८ लाख रुपैयाँ लगानी रहेको थियो।
यो योजनाको कुल लगानी ६१ करोड ४६ लाख रुपैयाँ पुगेको छ। असोजसम्म कुल लगानी ४३ करोड ९९ लाख रुपैयाँ रहेको थियो।

कात्तिकसम्म यो योजनाले कुल ४७ लाख ७५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। असोजसम्म कुल घाटा १ करोड ६० लाख रुपैयाँ रहेको थियो। यस्तै नबिल इक्विटी फन्डको न्याभ पनि कात्तिक मसान्तसम्म बढेर १३.४८ रुपैयाँ पुगेको छ। गत असोज मसान्तसम्म न्याभ १३.२१ रुपैयाँ रहेको थियो।

यस योजनाअन्तर्गत कात्तिकसम्म सूचीकृत सेयरमा लगानी घटेर १ अर्ब ३३ करोड रुपैयाँमा झरेको छ। असोजसम्म सूचीकृत सेयरमा १ अर्ब ३४ करोड रुपैयाँ लगानी रहेको थियो।

यो योजनाको कुल लगानी १ अर्ब ५७ करोड रुपैयाँ रह्ेक्ँे छ। असोजसम्म कुल लगानी १ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो। कात्तिकसम्म यो योजनाले कुल ६ करोड २१ लाख रुपैयाँ घाटा व्यहोरेको छ। असोजसम्म कुल घाटा ८ करोड ५५ लाख रुपैयाँ रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *