ग्लोबल आइएमई समुन्नत योजना–१ को १००% प्रतिफल पाउन कहिलेसम्म बन्नुपर्छ इकाइधनी ?

आर्थिक वर्ष २०७७/७८ का लागि घोषित ग्लोबल आइएमई समुन्नत योजना–१ को सतप्रतिशत प्रतिफल वितरण प्रयोजनार्थ योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ।

क्यापिटलले यस योजनाको प्रतिफल वितरण गर्न यही मंसिर २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो।

यसको अर्थ मंसिर २१ गतेसम्म कायम इकाइधनीहरुले यस योजनाको १०० प्रतिशत प्रतिफल (करसहित) पाउन योग्य हुनेछन्।

यसैगरी यस योजनाअन्तर्गतका इकाइधनीहरुले हालसम्म पनि आफ्नो हितग्राही खातामा इकाइ पठाउन बाँकी रहेको देखिएको हुनाले यथाशीघ्र ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौको नक्सालस्थित कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *