संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको विवाद अन्तिम सुनुवाइ आज

सर्वोच्च अदालत संवैधानिक इजलासमा विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको विवाद अन्तिम सुनुवाइ आज बुधबारदेखि निरन्तर सुनुवाइ गर्दै अन्तिम फैसला हुने भएको छ ।

सर्वोच्चले विभिन्न पदाधिकारी नियुक्त गर्ने निर्णय बदर गरे सबै संवैधानिक आयोगमा भ्याकुम हुनेछ । संवैधानिक पदाधिकारी भ्याकुमको अवस्था आएमा सबै आयोगको काम ठप्प बन्न सक्नेछन् ।

३० मंसिर २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन भएको अवस्थामा अध्यादेश ल्याएर नियुक्त भएका विभिन्न आयोगका ५२ पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेका थिए ।

सो नियुक्तिविरुद्ध १ पुस २०७७ मा परेको रिटको अन्तिम सुनुवाइका लागि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।

तत्कालीन प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश ल्याएर रिक्त रहेका आयोगमा पदाधिकारी नियुक्ति गरेका थिए । त्यसलगतै ३० मंसिर २०७७ मा संवैधानिक परिषद् बैठक बोलाएर ५२ पदाधिकारीको सिफारिस गरेका थिए ।

प्रतिनिधिसभा भंग भएको अवस्थामा संसदीय समिति निष्क्रिय रहेर ४५ दिन कटेपछि सबै पदाधिकारी सिधैं नियुक्ति भएका थिए । सोसम्बन्धी विवाद अन्तिम सुनुवाइ बुधबारदेखि हुँदै छ ।

सर्वोच्चले अबको केही दिनमै अन्तिम सुनुवाइ सकेर ५२ पदाधिकारीको नियुक्ति बदर गरेपश्चात् पुनः नयाँ नियुक्ति गर्नुपर्नेछ । यसका लागि हालसालै प्रतिनिधिसभा कार्यकालको अन्तिम समय आएर उपसभामुख नियुक्ति गर्नुले शंका उब्जाएको छ ।आजको राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *