

शेयर धितो कर्जा अधिकतम १२ करोड रुपैयाँ कायम गरिएको छ । चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४÷१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताए ।
यसपटक न्यूनतम सीमा हटाइएको छ । यसअघि सेयर धितो राखि एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको हो ।
मौद्रिक नीतिले सेयर कर्जा नीति परिवर्तन गरेर केही राहत दिएको छ । सेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिनसम्बन्धी व्यवस्था हटाइने गभर्नर अधिकारीले बताए ।
Artha Sanjal

अर्थ सन्जाल