

प्रभु बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपाल बीच युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सुलभ बित्तिय कर्जा उपलब्ध गराउने बिषयमा सम्झौता भएको छ । हेफर इन्टरनेशनल एसियाका बरिष्ठ कार्यक्रम निर्देशक निना जोशीको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र हेफर नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
कृषि तथा पशुपालन सम्बन्धि क्षेत्रहरु जस्तै बाख्रापालन, गाईपालन तथा तरकारीको मूल्य शृंखलामा संलग्न युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सहज ढङ्गले बित्तिय कर्जा उपलब्ध गराउन बैंक र हेफर इन्टरनेशनल नेपालबीच उक्त सम्झौता भएको हो । यस साझेदारी को मुख्य उद्देश्य, युवा तथा महिला उद्यमी र साना किसानहरूको ब्यबसाय विकाश र विस्तारमा केन्द्रित गर्ने रहेको बैंकले जनाएको छ ।
बैंकका अनुसार उक्त योजनामा हेफर नेपालका तर्फबाट कृषि सहकारी र स्थानिय सरकार पनि आबद्ध रहेका छन् । कृषि सहकारी वा स्थानिय सरकारले उद्यमीहरूको पहिचान र सिफारिस गरि बैंकसँग जोड्न सहज बनाउनेछन् । प्रभु बैंककले उक्त सम्झौता अनुरुप करिव १,५०० उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिएको जनाएको छ ।

अर्थ सन्जाल