राज्यले ध्यान नदिँदा चिया उत्पादकहरुले थुप्रै समस्या भोग्नुरेको छ : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा सांसद झलनाथ खनालले सरकारले चियामा बेवास्ता गरेको आरोप लगाएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले देशमा चियाको उत्पादन बढीरहेको भए पनि यसलाई नीति तथा कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको गुनासो गरे ।

सांसद खनालले चियाको बारेमा सरकारले ध्यान दिन नसकेको भन्दै यसलाई सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए । उनले राज्यले ध्यान नदिँदा चिया उत्पादकहरुले थुप्रै समस्या भोग्नुरेको बताए । उनले तत्काल चियाका अक्शन सेन्टर खोल्नुपर्ने बताए ।

उनले भने, ‘इलाममा चिया उत्पादन बिस्तार हुँदै गएको छ, देशमा पनि चिया फैलिँदै गएको छ, त्यो तिर सरकारले बिल्कुलै बेवास्ता गरिरहेको छ। यस वर्षको नीति, कार्यक्रम आउँदा प्रधानमन्त्रीको ध्यान त्यसमा जाला कि भन्ने अपेक्षा गरेको थिएँ। तर प्रधानमन्त्रीले अघि सारेको नीति कार्यक्रम सम्माननीय राष्ट्रपतिको मुखबाट आयो तर चियाको बारेमा कतै उच्चारण हुन सकेन। तर अर्थमन्त्रीबाट आउँदा पक्कै आउँछ होला, बजेटमा आउँछ होला, किनभने यो देशको कृषि उपजमा महत्वपूर्ण हो भन्ने थियो, तर उहाँको बजेटमा पनि कतै चियाको चर्चा हुन पाएन।’खनालले

सिंगो नेपाललाई चिया क्षेत्रमा रुपान्तरित गर्न सकिने उल्लेख गर्दै चिया उत्पादकलाई उचित मूल्य दिने र संरक्षण नगर्ने हो भने उत्पादकले चियाका बोट नै उखेल्ने स्थिति सिर्जना हुने चेतावनी दिए । उनले चियाको बारेमा सरकारले अनुसन्धान र योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *