

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आसन्न संघ र प्रदेको निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरूको बीचमा तालमेल हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले तालमेल के का लागि गर्ने भन्ने विषयमा पहिले नै टुङ्गो लगाउनुपर्नेमा जोड दिए ।
महामन्त्री थापाले निर्वाचनपछि र अगाडिको तालमेल असफल भएको समेत बताए । उनले भने, “तालमेल के का लागि, जनतासँग जोडिन्छ कि जोडिँदैन भन्ने हुनुपर्छ ।” तत्कालका लागि नाफा मात्रै देखिन्छ भने त्यो आवश्यक नभएको उनले स्पष्ट पारे ।
आगामी निर्वाचनका लागि गरिने तालमेलमा न्यूनतम समझदारी बन्नुपर्ने उनको भनाइ थियो । निर्वाचनअघि गरिने तालमेल दलहरूका बीचमा संविधानलाई हेर्ने दृष्टिकोण, आर्थिक सामाजिक मुद्दा र विदेश नीतिका सन्दर्भमा न्यूनतम समझदारी बन्नुपर्ने उनले बताए ।
Artha Sanjal

अर्थ सन्जाल