

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय समिति विस्तार गरेका छन् । लिङदेनले आज (बिहीवार) ४९ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका हुन् ।
यसअघि राप्रपा छोडेर राप्रपा नेपालमा गएका उद्धव पौडेल र चन्द्रबहादुर गुरुङ पनि राप्रपा केन्द्रीय समिति बनेका छ । पौडेल राप्रपा नेपालमा उपाध्यक्ष र गुरुङ कोषाध्यक्ष थिए । राप्रपाको केन्द्रीय सदस्यबाट राजीनामा दिएर राप्रपा नेपालतिर लागेका उनीहरु फेरि मुल पार्टीमा फर्केका हुन् ।
पूर्वमन्त्रीहरु जगत गौचन र रामचन्द्र राय पनि राप्रपाको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । उनीहरु यसअघि पार्टीको महाधिवेशनमा उपाध्यक्षमा लडेर पराजित भएका थिए ।
राप्रपामा २ सय ५१ जनाको केन्द्रीय समिति रहने प्रावधान छ । अझै केही केन्द्रीय सदस्यहरु रिक्त छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार हालसम्म केन्द्रीय सदस्यको संख्या २४३ पुगेको छ । तर यहीबीचमा केही केन्द्रीय सदस्यले भने छाडेर कमल थापा नेतृत्वको राप्रपा नेपालतिर लागेकाले २४३ जना केन्द्रीय सदस्यहरु लिङ्देनतिरै नरहेको राप्रपाका नेताहरु बताउँछन् ।
अध्यक्ष लिङ्देनले बिहीवार मनोनित गरेका केन्द्रीय सदस्यहरुमा रामचन्द्र राय, तोरण गुरुङ, उद्धव पौडेल, चन्द्रबहादुर गुरुङ, दिपक सिंह, जयलाल पुन, प्रेम श्रेष्ठ, राजकुमार पोखरेल, भरतजंग उप्रेती, विनोद भारती, गुणराज राजभण्डारी, ईन्द्रबहादुर खत्री, लक्ष्मी संग्रौला, पर्शुराम तामाङ, राम थोकर, हजवुल मियाँ, नवराज पनेरू, तोया लम्साल, प्रेम थाम्सुहाङ, मानदेव केरूङ, सोभियत उप्रेती, उदय सापकोटा, अनुबम श्रेष्ठ, युवराज घिमिरे छन् ।
यस्तै, गणेश चन्द, गणेश बिष्ट, मीनबहादुर कुँवर, शक्ति सापकोटा, सरीता देवकोटा, अभिषेक जोशी विश्वमोहन थापा, अजय थापा, अंगद ठाकुर, शिवराम थापा, बिनिता मगैया, सीता बस्याल, हुमा पाण्डे, राजु बस्नेत, जगत गौचन, रामशरण पाठक, केदार अधिकारी, केदार न्यौपाने, सम्झना चौधरी, उदयसिं मुस्याजु, राजाराम श्रेष्ठ, चेतनाथ शर्मा, शिवशङ्कर यादव, प्रमोद गोयन्का, देवी कँडेल, बिपि कांग्रेसबाट दिपक कार्की, सुदर्शन सिटौला र झवेन्द्रराज आचार्य राप्रपाको केन्द्रीय सदस्य बनेका छन् ।

अर्थ सन्जाल