अर्थ सन्जाल
२७ जेष्ठ २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२७ जेष्ठ २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सुन्तला नर्सरीबाट मनग्य कमाइ

  • अर्थ सन्जाल
  • ५ श्रावण २०७९, बिहीबार १२:२४


बहुआयामिक सफल कृषकको रूपमा परिचय बनेका बागलुङका केदार आचार्यले सुन्तलाको बिरुवा बिक्रीबाट मनग्य आम्दानी गरेका छन् । बागलुङको जैमिनी नगरपालिका–१० राङखानीका केदार आचार्यले यस वर्ष नर्सरीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।

विसं २०७३ देखि व्यावसायिक कृषि सुरु गरेका आचार्यले २०७७ सालमा नर्सरी सुरु गरेका थिए । अघिल्लो वर्ष पाँच हजार अलैँचीका बिरुवा बेचेर रु २५ हजार आम्दानी गरेका आचार्यले यस वर्ष सुन्तलाका बिरुवा बेचेर रु चार लाख २० हजार आम्दानी गरेका हुन् । आचार्यले यस वर्ष बेच्न मिल्ने गरी १५ हजार सुन्तलाका बिरुवा तयार गरेका थिए । स्थानीय प्रजातिका सुन्तलाका १५ हजार बिरुवा उत्पादन गर्दा आचार्यको प्रतिबिरुवा रु १८ लागत लागेको छ । १५ हजार बिरुवा उत्पादन गर्दा रु दुई लाख ७० हजार लगानी भएको आचार्य बताउछन् ।

सरकारी दररेटअनुसार प्रतिगोटा संस्थालाई रु २५ र व्यक्तिलाई रु ५० मा बेच्न मिल्ने भए पनि सोही दररेटअनुसार बिक्री गर्न नसिकएको आचार्यले बताए । उनले १० हजार बिरुवा रु २७ र अन्य तीन हजार बिरुवा गुणस्तर हेरेर रु ३५, रु ४५ र रु ५० दरले बिक्री गरेका छन् । आचार्यको नर्सरीबाट जैमिनी नगरपालिकाको कृषि शाखा र जैमिनीकै भगवती अलैँची पकेट समूहले पाँच–पाँच हजार बिरुवा खरिद खरेका गरेका छन् । त्यसैगरी कृषि ज्ञान केन्द्र बागलुङले दुई हजार ५०० बिरुवा खरिद गरेको आचार्यले बताए । उनको नर्सरीमा अझै दुई हजार बिक्री गर्न मिल्ने बिरुवा छन् ।

अन्य ५०० बिरुवा व्यक्तिले खरिद गरेको आचार्यको भनाइ छ । जैविक कृषि फार्म दर्ता गरेर गड्यौला खेती, तरकारी खेती गर्दै आचार्यले पछिल्लो समय नर्सरीबाट समेत राम्रो आम्दानी गर्न थालेका हुन् । उनको नर्सरीमा हिउँदमा बेच्नका लागि ५०० ओखर (बिज) र एक हजार किवीका कलमी गरेका बिरुवा तयार भएका छन् । आगामी वर्षका लागि पर्वतको बासखर्कको स्थानीय प्रजाति र तेह्रथुमको खोको प्रजातिका सुन्तलाका १५ हजार बिरुवा तयार हुँदै गरेको आचार्यको भनाइ छ । उनको नर्सरीमा आगामी वर्षका लागि सुन्तलाका एक हजार ५०० कलमी र ५०० कागतीका बिरुवासमेत बेच्नका लागि तयार हुने छन ।

लगाएको छोटो समयमै उत्पादन दिने भएर पछिल्लो समय कलमी बिरुवाको माग बढ्दै गएको हुँदा विस्तारै बिजु बिरुवा कम गरेर कलमीमा जोड दिने आचार्य बताउछन् । बिजु बिरुवाले लगाएको तीन वर्षमा उत्पादन दिन सुरु गर्ने र सातदेखि १० वर्षमा परिपक्क हुने भए पनि कलमी बिरुवा रोपेकै वर्षमा उत्पादन दिन सुरु गर्ने र तीन वर्षमा राम्रो उत्पादन दिन सुरु गर्ने भएकाले कृषकको रोजाइमा कलमी बिरुवा पर्न थालेको आचार्यले बताए ।

करिब २० रोपनी जमिनमा कृषि गर्दै आएका आचार्यले संरचना र विविध औजारमा मात्र रु ५० लाख लगानी गर्नुभएको छ । जडीबुटी सङ्कलनको काम गर्न थालेका आचार्यले आगामी वर्षबाट सतुवा र अस्वगन्धजस्ता जडीबुटीको समेत नर्सरी सुरु गर्ने बताए ।

Artha Sanjal
मिती : ५ श्रावण २०७९, बिहीबार १२:२४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

धानको आयात ५३ प्रतिशतले बढ्यो

किसानका पीडा : ‘सस्तोमा बेचौँ लगानी उठ्दैन, नबेचौँ सडेर जान्छ’

कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै सुदूरपश्चिम सरकारले ल्यायाे नीति-कार्यक्राम (पूर्णपाठ)

पन्ध्र मुर्रा राँगाबाट एक लाख भैँसीमा नश्ल सुधार गरिने

ताजा समाचार

  1. ‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’
  2. यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय
  3. प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली
  4. राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना
  5. नबिल बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता
  6. शिक्षण सहजकर्ता नियुक्तीबारे प्रभावकारीता अध्ययन गर्दै कामपा
  7. विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष ओली

विजनेश फोकस

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्...

राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘...

नेपालका विज्ञहरुमै वित्तीय साक्षरता छैन: पूर्व ...

तिस वर्षमा नेपालीको प्रतिव्यक्ति आय २० हजार डलर...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.