अर्थ सन्जाल
१७ जेष्ठ २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ जेष्ठ २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

महोत्तरीको टुटेश्वर मन्दिरमा महाकुम्भ मेला सुरु,  २० लाख दर्शनार्थी आउने अनुमान

  • अर्थ सन्जाल
  • ४ श्रावण २०७९, बुधबार १६:५७


महोत्तरीमा बहुचर्चित साउने महाकुम्भ मेला सुरु भएको छ । महोत्तरीको उत्तरी क्षेत्र बर्दिबास नगरपालिकाको टुटेश्वर मन्दिरमा साउने मेला १ साउनदेखि सुरु भएको हो । प्रत्येक सोमबार लाग्ने उक्त मेलामा महिनाभरि २० लाख श्रदालु भक्तजनहरू टुटेश्वर महादेवको दर्शनको लागि आउने मन्दिर संरक्षण समितिले अनुमान गरेको छ ।

अघिल्लो साल कोरोना माहामारीका कारण देवालयहरू प्राय: सुनसान देखिएका थिए । तर, धार्मिक पर्यटकीय स्थलहरू पुरानो लयमा फर्किएसँगै देवालयहरू भरिभराउ देखिन थालेका छन् । यसै कारण पनि यो एक महिनामा २० देखि २५ लाख स्वदेशी तथा विदेशी धार्मिक आस्था बोक्ने भक्तजनहरू दर्शनको लागि आउने संरक्षण समितिका अध्यक्ष हरि महतले जानकारी दिए ।

साउनको हरेक सोमबार यस मन्दिरमा दर्शन गरे बाँझोपनको समस्याबाट मुक्त बन्ने, पापकर्महरू नाश हुने धार्मिक विश्वास रहँदै आएको छ । बर्दिबास-५ मा रहेको यस  मन्दिरलाई अहिले बेहुलीजसरी सिंगारिएको छ । १५० भन्दा बढी व्यापारिक स्टलहरू राखिएका छन् भने मनोरञ्जनका लागि विद्युतीय पिङ र विभिन्न खेलहरू खेल्न सकिन्छ ।

लामो लाइन बसेर टुटेश्वर महादेवको दर्शन गर्नुपर्ने हुँदा प्रचण्ड गर्मीका कारण स्वास्थ्यमा पर्न सक्ने असरलाई ख्याल गर्दै स्वास्थ्य सहायता कक्ष, सहायता कक्ष जस्ता सहयोगी कक्षहरूको स्थपना गरिएको छ ।

मन्दिर वरपर व्यापा गर्नेहरूको भिड पनि उत्तिकै छ । बारा, पर्सा, सप्तरीसहित भारतबाट यहाँ आएर विभिन्न व्यापार गर्नेहरूको आवागमनसमेत बढिरहेको छ । बाहिरबाट आउने श्रदालु भक्तजनहरूलाई आकर्षित गर्न मन्दिर परिसर लगायत वरपर सरसफाइमा विशेष ध्यान दिइएको छ ।

मन्दिर संरक्षण समितीले सयभन्दा बढी स्वयंसेवक परिचालन गरेको छ भने सुरक्षा संवेदनशीलतासँग जोडिएका विषयहरूमा चुस्त रहन सुरक्षाकर्मीहरूले विशेष सतर्कता समेत अपनाएका छन् ।

नेपाल प्रहरी तथा ट्राफिक प्रहरी सरसफाइमा आफैँ खटिएका छन् । प्रहरी नायव उपरीक्षक तथा इलाका प्रहरी कार्यालय गौरिडाँडाका प्रमुख रवि रावलको नेतृत्वमा र जिल्ला ट्राफिक कार्यालयका प्रमुख उदयसिंह सिजापतिले सुरक्षा र ट्राफिकका समस्याहरुमा सहजीकरण गरिरहेका छन् ।

पूर्व-पश्चिम राजमार्गमा कुनै ट्राफिक जाम नहोस् भन्ने उद्देश्यले मुख्य सडकमा समेत यदि त्यस्तो अवस्था आए तयारी रहन ट्राफिक प्रहरीसमेत परिचालन गरिएको प्रमुख सिजापतिले जानकारी दिए ।

नेपाल प्रहरीले पनि भिडभाड तथा त्यसबाट उत्पन्न हुन सक्ने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विशेष निगरानी गरिरहेको प्रहरी नायव उपरीक्षक रवि रावलले बताए ।

सबैभन्दा बढी मन्दिर भएको यस पालिकाले धार्मिक पर्यटक वृद्धिमा ध्यान पुर्‍याए आम्दानीको गतिलो स्रोत मन्दिर पनि हो । तर, स्थानीय सरकारको ध्यान खासै केन्द्रित हुन नसक्दा धार्मिक महत्वका तिर्थस्थलहरू अस्तव्यस्त छन् ।

आन्तरिक र बाह्य धार्मिक पर्यटकहरूको बर्दिबास प्रमुख आस्थाको केन्द्र भए पनि उचित संवर्द्धन र प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएका छन् ।

Artha Sanjal
मिती : ४ श्रावण २०७९, बुधबार १६:५७ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त

दश वर्षमा एक लाख ४२ हजारले बढ्यो सुदूरपश्चिमको जनसङ्ख्या, सबैभन्दा धेरै कैलालीमा

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण सराहनीय

कोशी प्रदेशमा सिद्धान्त र प्राथमिकता प्रस्तुत

ताजा समाचार

  1. पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त
  2. दश वर्षमा एक लाख ४२ हजारले बढ्यो सुदूरपश्चिमको जनसङ्ख्या, सबैभन्दा धेरै कैलालीमा
  3. राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण सराहनीय
  4. कोशी प्रदेशमा सिद्धान्त र प्राथमिकता प्रस्तुत
  5. प्रधानमन्त्री दाहाललाई भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत (फोटोफिचर)
  6. ‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’
  7. मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक : अध्यक्ष ओली

विजनेश फोकस

विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग

परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित सिर्सेन...

सुनको मूल्य हालसम्म कै उच्च, कतिमा हुँदैछ कारोब...

सनराइजसँगको मर्जर प्रस्ताव पारित गर्न लक्ष्मी ब...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.