अर्थ सन्जाल
२७ जेष्ठ २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२७ जेष्ठ २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

गण्डकी सरकारले लगानी गर्ने ५० करोड सेयर कहाँ गर्ने टुंगो लागेन

  • अर्थ सन्जाल
  • ४ श्रावण २०७९, बुधबार १६:३४


गण्डकी प्रदेश सरकारले यो वर्ष ५० करोड रुपैयाँ विभिन्न क्षेत्रमा सेयर लगानी गर्ने तयारी गरेको छ । बजेटभित्रको वित्तीय व्यवस्था शीर्षकबाट तीन शीर्षकमा लगानी गर्न लागेको हो । विभिन्न संस्था तथा कम्पनीहरूमा सेयर लगानी गर्न २० करोड छुट्याएको छ भने जलविद्युतहरूमा लगानी गर्न १५ करोड र खानी सन्चालनमा लगानी गर्न १५ करोड विनियोजन गरेको छ ।

तर, विनियोजित बजेट लगानी गर्ने मापदण्ड प्रदेश सरकारसँग छैन । यसअघि नवलपुरको हुप्सेकोटमा रहेको धौवादी फलामखानीमा लगानी गर्न सरकारले बजेट नै छुट्याएको थियो । संघीय सरकार मातहत चलाउन लागिएको उक्त फलाम खानी कम्पनीमा गण्डकी प्रदेश सरकारले ३ प्रतिशत सेयर पाइसकेको छ । ४ अर्ब लगानीमा चल्ने खानीमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्ताव गरेको ३ प्रतिशत बराबर हुन आउने १२ करोडबापतको सेयर लगानी गर्ने प्रदेश सरकारले सहमति जनाएको छ ।

गण्डकीले थप ४८ करोड बराबरको सेयर प्राप्तिका लागि संघीय सरकारको सम्बन्धित मन्त्रालयसँग अनुरोध गरेको छ । तत्कालीन समयमा विनियोजित बजेट भने खर्च हुन सकेन । अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्‌बाट बजेट छुट्याए पनि लगानी हुन नसकेको हो । प्रदेशभित्रका खानी र जलविद्युतमा नेपाल सरकारले निर्माण सुरु गरे प्रदेशले लगानी गर्न यो वर्ष बजेट छुट्याएको अर्थमन्त्री रामजी बरालले बताए ।

‘अहिले यसैमा लगानी गर्ने भन्ने छैन । संघ सरकारले विभिन्न कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रममा सहभागीता जनाउन र लागत साझेदारीका लागि विनियोजन गरेका हौं,’ उनले भने, ‘यो वर्ष धौवादी फलामखानीमा लगानी हुन सक्छ । अरु पनि थुप्रै आयोजनाहरु अघि बढ्ने संकेत छ ।’

उनले प्रदेशको हिस्सा कायम राख्नका लागि लगानी गर्न लागिएको बताए । प्रदेश सरकारले उत्तरगंगा, बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजना निर्माण अघि बढे त्यसमा पनि लगानी गर्ने तयारी गरेको छ । यसबाहेक, खानी विभागसँगको समन्वयमा प्रदेशभित्र रहेका तामा, फलाम, नुन, खरी, स्लेट आदी उत्खननको निम्ति अध्ययन गर्न १० लाख छुट्याइएको छ ।

सरकार गठन हुने वित्तिकै चिनियाँ गाई ल्याएर गण्डकीमा पाल्ने गरी गण्डकी काउ फार्म स्थापना भएको थियो । उक्त फार्ममा पनि गण्डकी सरकारले ११ करोड लगानी गर्ने निर्णय गरेको थियो । कृषि मन्त्रालयले दुग्ध विकास बोर्ड मार्फत ११ लाख कित्ता शेयर किन्न बजेट छुट्याए पनि अर्थ मन्त्रालयले सहमति नदिएपछि रोकिएको थियो । उक्त कम्पनीबारे संसदमै प्रश्न उठेपछि संसदीय छानबिन समिति गठन भएर प्रतिवेदनसमेत बुझाइसकेको छ ।

Artha Sanjal
मिती : ४ श्रावण २०७९, बुधबार १६:३४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो: शेखर कोइराला

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’

यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय

प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली

ताजा समाचार

  1. सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो: शेखर कोइराला
  2. ‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’
  3. यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय
  4. प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली
  5. राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना
  6. नबिल बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता
  7. शिक्षण सहजकर्ता नियुक्तीबारे प्रभावकारीता अध्ययन गर्दै कामपा

विजनेश फोकस

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्...

राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘...

नेपालका विज्ञहरुमै वित्तीय साक्षरता छैन: पूर्व ...

तिस वर्षमा नेपालीको प्रतिव्यक्ति आय २० हजार डलर...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.