काठमाडौं महानगरले खरिद गरेको तीन दमकल आइपुग्यो

काठमाडौं महानगरपालिकाले खरिद गरेको तीन वटा दमकल काठमाडौं आइपुगेको छ । यी दमकल खरिदका लागि यसअघिका मेयर विद्यासुन्दर शाक्यकै पालामा सम्झौता भएको थियो । पहिले नै अघि बढेको योजनाअनुसार तीन दमकल महानगर आइपुगेको मेयर बालेन साहले जानकारी दिए ।

इन्डोनेसिया कम्पनीमा निर्मित उक्त दमकल मंगलबार काठमाडौं आइपुगेको हो । महानगर प्रमुख साहले दमकलहरुको वैज्ञानिकतवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *