तरकारी सङ्कलन केन्द्र सञ्चालनमा

कपिलवस्तुको शिवराज नगरपालिमा तरकारी सङ्कलन केन्द्र सञ्चालनमा आएको छ । नगरपालिका–३ मा शिवराज कृषि सहकारी संस्थाले सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको हो ।

शिवराज नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको उक्त सङ्कलन केन्द्रको आज उद्घाटन गर्दै नगर उपप्रमुख शिवकुमारी थारूले किसानले उत्पादन गर्ने तरकारीलाई बजारीकरण गर्न सङ्कलन केन्द्रले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । नगरपालिकाले किसानका लागि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको भए पनि तरकारी सङ्कलन केन्द्रले किसान प्रत्यक्ष राहत पुग्ने उनले बताए ।

तरकारी सङ्कलन केन्द्र स्थापना गर्न ट्रस निर्माणका लागि नगरपालिकाको रु पाँच लाख ८८ हजार र रु ६५ हजार बराबरको श्रमदान गरिएको उपप्रमुख थारूले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *