सुन मान्छे प्रहरी हिरासतमा

सुन मान्छेको नामले चिनिएका ठेकेदार सुवास घिसिङ विरुद्ध बुधबार ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ । अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारीमाथि आक्रमण गरेर टाउको फुटाएका घिसिङविरुद्ध ज्यान मार्ने उद्योगमा जोहरी दर्ता भएको हो ।

असार २७ गते दिउँसो वागमती नदीभित्र हुने अनधिकृत कामको बारेमा नियमित अनुगमन गर्ने क्रममा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी बलराम श्रेष्ठमाथि एक्कासी आक्रमण गरेर टाउको फुटाएदिएपछि घिसिङलाई प्रहरीले पक्राउ गरेर महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखेको छ । श्रेष्ठको टाउकोमा दुई टाँका लगाइएको छ भने टाउकोको पछाडिपट्टि पनि चोट लागेको छ ।

आयोजनाको काम नै अवरोध पु-याउने गरी अनाधिकृत रूपमा फोहोर संकलन केन्द्र नराख्न तीनपटक पत्राचार गरिसकेको तर घिसिङले दादागिरी देखाउँदै समितिको पत्राचारलाई अटेर गरेको समितिले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *