


सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा सुरू भएको छ । दिउँसो १ बजेका लागि बस्ने भनिएको बैठक झण्डै २ घन्टा ढिलो गरी सुरू भएको हो ।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा भने बैठकमा सहभागी छैनन् । पार्टी उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बैठक बसिरहेको बताइएको छ । सोमबार बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय गर्न र भातृ तथा शुभेच्छुक संस्थाका विषयमा छलफल गर्न बैठक बसेको हो ।
तर बैठकमा संस्थापन इतर पक्षका नेताहरु अनुपस्थित छन् । पार्टी कार्यालयमा पदाधिकारी बैठक बसिरहँदा कोइराला समूह भने छुट्टै छलफलमा जुटेको छ ।
शेखर पक्षको बैठकमा महामन्त्री गगनकुमार थापा, उपसभापति धनराज गुरुङ, नेता डा.शेखर कोइराला, चन्द्र भण्डारी, प्रकाश रसाइली, जीवन परियार, बलबहादुर केसी, डा.गोविन्दराज पोखरेल, गुरुराज घिमिरे, सन्जय गौतम, सन्जय प्रसाइलगायतको उपस्थिति रहेको छ ।

अर्थ सन्जाल