पूर्वराजा ज्ञानेन्द्रको सम्बोधनको ड्राफ्ट मैले गरेको हुँ : केपी ओली

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले २०६३ साल वैशाख ११ गते राति देशबासीका नाममा गरेको सम्बोधन आफूले लेखेको दाबी गरेका छन् ।

शुक्रबार राजधानीमा आयोजित छविलाल स्मृति तथा रक्तदान कार्यक्रममा ओलीले ज्ञानेन्द्रको घोषणा आफूले लेखेको बताएका हुन् । आलोचकले ओलीमाथि गणतन्त्रविरोधीको आरोप लगाउँदै आएका छन् ।

ओलीले २०६२र०६३ को जनआन्दोलन उत्कर्षमा पुगेका बेला ‘जारी आन्दोलनले नेपालबाट राजतन्त्र उन्मुलन हुनु भनेको बयल गाढा चढेर अमेरिका जानुजस्तै’ भएको अभिव्यक्ति दिएका थिए ।

सो अभिव्यक्तिका कारण ओलीलाई विरोधीले गणतन्त्र नरुचाउने नेताका रुपमा प्रस्तुत गर्ने गरेका छन् । बेलाबेलामा उनको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *