सातै प्रदेशका गृहमन्त्रीको भेला जनकपुरधाममा

 शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी अन्तर प्रदेश आदान प्रदान गर्न जनकपुरधाममा सातै प्रदेशका गृहमन्त्रीको भेला हुन लागेको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुन लागेको बैठकमा यस प्रदेशका गृह तथा सञ्चारमन्त्री र बाँकी ६ वटा प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्रीलगायतको भेला हुन लागेको हो ।

गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणमा हुन लागेको बैठकमा छवटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, सो मन्त्रालयका सचिव तथा मुख्य न्यायाधिवक्ता सहितको टोली जनकपुरधाम पुगेका छन् ।

बैठकमा अन्तर प्रदेश अनुभव आदानप्रदान कार्यक्रममा सबै प्रदेशका गृहमन्त्री नेतृत्वको टोलीले आ-आफ्नो प्रदेशको शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी छलफल हुने बताइएकाे छ ।

छलफल पश्चात जनकपुरधाम साझा प्रतिवद्धतापत्र जारी गरिने मन्त्री साहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *