सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध हटाउन नाडाको माग

नाडा अटोमोबाइल्सक पदाधिकारीले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेट गरेको छ ।  अध्यक्ष ध्रुब थापाको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले प्रधानमन्त्री देउवासंग भेट गरेको हो ।

उक्त भेटघाटमा प्रधानमन्त्री देउवाले नाडाको उक्त प्रतिनिधि मण्डललाई नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध हटाउन सकारात्मक रहेको बताएको नाडाले उल्लेख गरेको छ । साथै प्रधानमन्त्री देउवाले सवारी साधन पैठारीकर्ताहरुले अब नेपालमै विद्युतिय सवारी साधनहरुको एसेम्बलिङ्ग प्लाण्ट स्थापनागरी बढदो व्यापार घाटा कम गर्न सुझाव समेत दिएका हँ ।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष थापाले नेपालमा पैठारी हुने हजारौ बस्तुहरु मध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरु मात्र  आयातको तुलनामा झण्डै दोब्बर भन्दा बढी राजश्व योगदान पु¥याउने गरेको बताए । यस तथ्यले नेपालको बढदो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि योगदान भने धेरै उच्च रहेको समेत स्पष्ट हुने भन्दै यसै यथार्थताहरुलाई मनन गर्दे कार, जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध फुकाउनका लागि आवश्यक पहल गरि दिन आग्रह गरेका छन्।

यसै क्रममा अध्यक्ष थापाले नाडा अटो एक्सपो २०२२ यही २०७९ सालको भाद्र ७ गते देखि १२ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा सम्पन्न गर्ने निर्णय गरिएकोमा सो आयोजनाका लागि समेत नयाँ सवारी साधनहरुको आयात सुचारु हुनु आवश्यक भएकोले पनि सो प्रतिवन्ध खुल्ला गरि दिन आग्रह गरेका छन् । सो भेटघाट तथा छलफलमा उपाध्यक्ष सुनिल रिजाल, कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्यहरु आकाश गोल्छा तथा कपिल शिवाकोटी समेतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *