एनएमबि हाईब्रिड फण्ड एल–१ मा २० करोडभन्दा बढी नोक्सानी

एनएमबि हाईब्रिड फण्ड एल–१ जेठ मसान्तसम्म रू. २० करोड २५ लाखभन्दा बढी नोक्सानीमा रहेको छ । वैशाख मसान्तसम्म रू. १० करोड ५५ लाखभन्दा बढी नोक्सानीमा रहेको योजनाको नोक्सानी रकम जेठ महिनामा बढेको हो ।एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित योजनाले धितोपत्रमा गरेको लगानीको लागत मूल्य भन्दा बजार मूल्य कम रहेको छ ।

जेठ मसान्तसम्म योजनाको धितोपत्रमा भएको लगानीको बजारमूल्य भने रू. ९७ करोड ४३ लाखभन्दा बढी मात्र रहेको छ । यस अवधिसम्म योजनाको बैंक मुद्दती निक्षेपमा रू. १५ करोड रहेको छ ।

यस योजनाले जेठ मसान्तसम्म धितोपत्रमा गरेको लगानीको लागत मूल्य रू. ९९ करोड १२ लाखभन्दा बढी छ । योजनाले धितोपत्र दलाल कमिसन सहित उक्त रकम बराबरको लगानी गरेको हो ।

पाँच वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०८० साल कात्तिक ८ गतेदेखि परिपक्क हुनेछ । १० करोड इकाई विक्री गरेको यस योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य जेठ मसान्तसम्म रू. १२ दशमलव ८७ रहेको छ । वैशाख मसान्तसम्म यो मूल्य रू. १३ दशमलव ८४ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *