झाँक्री, श्रेष्ठ र आले समाजवादीको बैठकमा गएनन्

नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठकमा मन्त्री पद गुमेका नेताहरु मंगलबार पनि उपस्थित भएका छैनन् ।

नेताहरु प्रेम आले, रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ(किसान) बैठकमा उपस्थित नभएका हुन् । बैठकमा विरोध खतिवडा भने उपस्थित छन् । खतिवडा सोमबारको बैठकमा पनि साँझ एकैछिन गएका थिए । सोमबारको बैठकमा पुगेकी झाँक्री भने मंगलबार गएकी छैनन् ।

नवनियुक्त मन्त्रीमध्ये स्वास्थमन्त्री भवानी खापुङ मात्र बैठकमा उपस्थित छन् । अध्यक्ष माधवकुमार नेपालले पेश गरेको सांगठनिक र राजनीतिक प्रतिवेदनमा ११ ओटा समूहले सुझाव पेश गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *