विराटनगरमा बाढीका कारण १७५ परिवार विस्थापित, एक जनालाई बगायो

अविरल वर्षासँगै आएकाे बाढीका कारण विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा १७५ परिवार विस्थापित भएका हुन् ।

विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएकाे छ । विराटनगर ८ मा २५ र विराटनगर २ मा २० परिवार विस्थापित भएका हुन् ।

कटहरी गाउँपालिका १ मा १७५ परिवार विस्थापित भएका छन् । कटहरी १ को टाइगरटोलमा ६०, हनुमान मन्दिर एरियामा ४० र नारी विकास संघ एरियाका ३० परिवार विस्थापित भएका छन् ।

बाढीका कारण विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा सारिएको छ । वर्षा जारी रहेकाले खोला किनारका बस्तीहरुलाइ सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

प्रहरीका अनुसार बाढीले बगाएर सुन्दरहरैंचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैंचा–६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको बाढीले बगाएर मृत्यु भएको हाे ।

सुन्दरहरैंचा–३ आइतबारेमा गछिया खोलाले बगाउँदै गरेको अवस्थामा बिहान विकको शव भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *