मन्त्री झाँक्रीले पत्रकार सम्मेलन गरेर राजीनामा दिने

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिने भएकी छन् । उनले आजै केही बेरमा सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिएको घोषणा गर्न लागेकी हुन् ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले राजीनामा दिएका छन् । उनले अहिले पत्रकार सम्मेलन गरेर यो कार्यकालमा गरेका कामबारे जानरी गाराइरहेका छन् ।

एकीकृत समाजवादीले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई जेठ २२ गते फिर्ता बोलाउने निर्णय गरेको थियो ।  एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्री विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई सरकारमा पठाउने निर्णय गरेको थियो । 

हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री बनाउने निर्णय थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *