पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ मूल्य घट्याे, नयाँ मूल्य आजै रातिदेखि लागू हुने

सरकारले पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ । शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले मूल्य घटाउने घोषणा गरेका हुन् ।

उनका अनुसार सरकारको निर्णयसँगै पेट्रोलको मूल्य १७९ रुपैयाँ कायम हुने भएको छ । हाल पेट्रोलको मूल्य १९९ रुपैयाँ रहेको छ । यस्तै डिजेलको मूल्य हाल १९२ रुपैयाँ रहेकामा अब २८ रुपैयाँ घटेर १६३ रुपैयाँ कायम गरिएको छ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको थियो । सोही निर्देशन तथा चौतर्फी विरोध भएपछि सत्ता गठबन्धनको आज बिहान बसेको बैठकले पनि पेट्रोलियम पदार्थमा लिइँदै आएको करमा भारी छुट दिन सरकारलाई निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *