![](https://arthasanjal.com/wp-content/uploads/2024/09/1100x100-1-1.webp)
![](https://arthasanjal.com/wp-content/uploads/2022/06/budget-79-80.png)
![](https://arthasanjal.com/wp-content/uploads/2024/04/Salt-Trading-1.webp)
देशभरका ४३५ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट तोकिएकै समयमा ल्याएका छन् । देशभर ४६० गाउँपालिकामध्ये करिब ९५ प्रतिशतले बजेट ल्याएका हुन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अनुसार १९ वटा गाउँपालिकाले भने बजेट पेश गरेका छैनन् भने ६ वटा गाउँपालिका सम्पर्कमै छैनन् ।
बजेट पेश नगर्नेमा मधेश प्रदेशका १२, लुम्बिनिका ३, बागमतीका २ र कर्णाली र सुदूरपश्चिमका २/२ वटा गाउँपालिका रहेका छन् । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका २/२ वटा गाउँपालिका भने सम्पर्कमै नआएको महासंघले जनाएको छ ।
असारको १० गतेभित्र बजेट पेश गरिसक्नु पर्ने संवैधानिक र संघीय कानुनमा व्यवस्था छ । बजेट नल्याएका गाउँपालिकाले पनि केही दिनमै सभा गरी बजेट ल्याउने महासंघले जनाएको छ ।
Artha Sanjal
![](https://arthasanjal.com/wp-content/uploads/2024/09/Sme-Loan-Updated.gif)
अर्थ सन्जाल