अफगानिस्तानमा शक्तिशाली भूकम्प : कम्तीमा २५० जनाको मृत्यु, सयौं घाइते

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा २५० जनाको मृत्यु भएको छ। अफगानी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाए अनुसार भूकम्पमा परेर सयौं मानिसहरु घाइते भएका छन्।

भूकम्पका कारण सबैभन्दा बढी क्षति पक्तिका प्रान्तमा भएको बीबीसीले उल्लेख गरेको छ। यो प्रान्तमा भूकम्पका कारण घरहरु ढलेका तस्बिर सामाजिक सञ्जालमा आइरहेका छन्। भूकम्पले घर ढलेका कारण धेरै मानिसहरु च्यापिएको हुनसक्ने र मृतकको संख्या अझै बढ्ने सक्ने स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।

अहिलेसम्म १५० जनाभन्दा बढी घाइते भएका विवरण प्राप्त भएको छ। भूकम्पको केन्द्र दक्षिण पूर्वी शहर खोस्तभन्दा ४० किलोमिटर टाढा भएको बताइएको छ। भूकम्पको तीव्रता ६.१ रेक्टरस्केल मापन भएको छ। भूकम्पको धक्का अफगानिस्तानसँगै पाकिस्तान र भारतसम्म महसुस भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *