सुनको मूल्य घट्यो

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९४ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा सात सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रहेको छ भने तेजावी सुनको मूल्य ९३ हजार २ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य १२६० कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *