बलात्कार आरोपित मनोज पाण्डे जेल चलान

सौन्यर्य प्रतियोगताको नाममा यौन शोषण गरेको आरोप लागेका मनोज पाण्डे जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले पाण्डेलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । प्रहरीका अनुसार उनलाई डिल्लीबजार कारागार पठाइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरुद्ध २ वटा कसुरमा १८ वर्ष कैद सजाय मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो । पाण्डेविरुद्ध मानव बेचबिखनको कसुरमा १५ वर्ष र बाल यौन दुर्व्यवहारको कसुरमा ३ वर्ष गरी १८ वर्ष कैद सजायको मागदाबी गरिएको छ।

जिल्ला अदालतले पाण्डेलाई मानव बेचबिखनको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । बाल यौन दुर्व्यवहारको कसुरमा भने १ लाख धरौटी माग गरिएको छ। शरीर बन्धक बनाइ नाबालिगलाई शारीरिक शोषण गरेको लगायतको अभियोगमा उनलाई १० देखि १५ वर्ष कैद सजायको माग दाबी गरिएको छ।
सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगिताका सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोप पाण्डेमाथि लागेको थियो । पीडितले घटना सार्वजनिक गरेपछि फरार रहेका पाण्डेलाई प्रहरीले जेठ ७ गते पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

पाण्डेले बलात्कारपछि फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना पीडितले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *