अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सेयर बजार १८८४ बिन्दुमा झरेर बन्द, साढे दुई वर्षअघिकै अवस्थामा आइपुग्यो नेप्से

  • अर्थ सन्जाल
  • ६ असार २०७९, सोमबार १६:१९


तीव्र गतिमा ओर्लिएको सेयर बजारले सोमबार अघिल्लो बुलको उच्चतम विन्दुलाई परीक्षण गरेको छ। दोहोरो अंकले घट्दा परिसूचक १८८४.८१ को विन्दुमा बन्द हुन पुगेको हो । पछिल्लो बुलिस मुभमा सेयर बजारले १८८८ सम्मको यात्रा तय गरेको थियो।

यो विन्दु नजिक परिसूचकको प्रभावशाली टेवा रहेको अनुमान अधिकांश बजारले गरिरहेको छ। यद्यपि सोमबार सेयर बजारको उतारचढाव दौरान परिसूचक १८८० को विन्दुसम्म ओर्लिन पुग्यो। कारोबारको सुरुवातमै हावी भएको बिक्री चापले परिसूचक अनुमानित टेवा विन्दुभन्दा तल आएलगत्तै झन् तीव्रता पायो।

सेयर बजारको अपत्यारिलो प्रवृत्तिले लगानीकर्तामा अन्योल थपेको छ। तीन दशक लामो मुलुकको सेयर इतिहासमा बजारले अघिल्लो बुलिस हाइमा आफ्नो मेजर सपोर्ट बनाउने गरेको छ। बारम्बार दोहोरिएको उक्त व्यवहार यसपटक सार्थक हुने अथवा नहुने लगानीकर्तामाझ अन्योल सिर्जना गरेको छ।

पछिल्ला साइकलमा यस विन्दु नजिकिएलगत्तै सेयर बजारमा खरिदकर्ताको सक्रिय प्रदर्शनी देखिने गरेको थियो । पर्याप्त ‘एक्युमुलेसन’ले बजारको ट्रेन्ड रिभर्स नै गर्ने गरेको थियो । यद्पिद्य यस डिमान्ड जोनमा ‘डि«स्टिब्युसन’ को अनुपात ‘एक्युमुलेसन’को तुलनामा अधिक हुँदा, बजारको घट्दो लयले थप निरन्तरता पाउने गर्थ्यो।

डिमान्ड जोनमै आइपुगेको परिसूचकमा अझै पनि आवश्यक ‘एक्युमुलेसन’ भेटिंदैन । परिणामस्वरूप ४९.३१ अंकको पहिरो सोमबारको सेयर बजारमा गयो। विशेषगरी बजेट सार्वजनिक भएलगत्तै बजारको गिरावटले तीव्रता पाएको देखिन्छ । बजेटअघि पनि बजार घट्ने गरेको थियो। तर बजेटपछि भने बजार निरन्तर ओरालो लाग्दै छ।

अपवाद बनेका केही कारोबारबाहेक बजेटपछिका कारोबारमा बजार प्रायः रातो पोतेर नै बिदा हुने गरेको छ। बजेट सार्वजनिक भएपछि मात्र सेयर बजार साढे ३०० अंक अधिकले ओर्लिसकेको छ। सोमबारको बजार डेढ वर्षयताकै कमजोरसमेत हो।

यसै दौरान सेयर बजार निरन्तर घटेपछि लगानीकर्ता आन्दोलनमा समेत उत्रिएका छन्। उनीहरुले बजार सुधारका लागि केन्द्रीय बैंक र सरकारसँग माग राखेका छन्। उनीहरुको मागको सुनुवाइमा भने दुवै निकायले चासो देखाएका छैनन्। अर्थ मन्त्रालयले चार सदस्यीय एक समिति बनाएको छ, तर अहिलेसम्म यसले काम थालेको छैन।

बजारको स्थायित्व कायम गर्न भन्दै लगानीकर्ता सडकमा प्रदर्शनी गर्दै गर्दा कारोबारको दायरासमेत साँघुरिएको छ। कारोबार पूर्णतया सेलिङ प्रेसरको अधिनमा बढेको हो। कारोबार खुलेलगत्तै तीव्र गतिले बजार घट्दा घाटा बहन गर्न नसक्नेहरुको जमात सक्रिय देखिन्छ। सोमबार एक अर्ब ७५ करोड रुपैयाँ बराबरका कुल ६१ लाख ८६ हजार कित्ता किनबेच भएका हुन्।

Artha Sanjal
मिती : ६ असार २०७९, सोमबार १६:१९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

अर्बपति गौतम अडानीका कारण सेयर बजारमा आतङ्क

माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?

मिड सोलु हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

राष्ट्र बैंकद्वारा नयाँ विप्रेषण विनियमावली जारी, के छ नयाँ व्यवस्था ?

ताजा समाचार

  1. अर्बपति गौतम अडानीका कारण सेयर बजारमा आतङ्क
  2. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  3. ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  4. रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा
  5. मन्त्रालयबाट बाहिने क्रममा लामिछानेले भने : म अनागरिक हुँ, अनागरिकसँग कुनै प्रश्नकाे जवाफ छैन
  6. रवि लामिछानेको पक्षमा नाराबाजी गर्नेहरु सर्वोच्च परिसरबाट पक्राउ
  7. रवि लामिछानेको सांसद पद खारेज

विजनेश फोकस

अर्बपति गौतम अडानीका कारण सेयर बजारमा आतङ्क

उद्योगी व्यवसायीका समस्या समाधानमा सरकार प्रतिब...

एनआईबीएल एस क्यापिटलमा ४ अर्बभन्दा बढी आकारको ल...

बिपिडब्लु लघुवित्तले आइपिओ बिक्री खुला गर्दै, क...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.