अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

रामकुमारी झाँक्रीसँग मिलेर सचिव सिंहको असुली आतंक, तल्ला निकायलाई हैरानी

  • अर्थ सन्जाल
  • ६ असार २०७९, सोमबार ०९:१८



सहरी विकास मन्त्रालयका सचिव डा. रमेश सिंहले मातहतका निकायका प्रमुख तथा वरिष्ठ इन्जिनियरलाई धम्काउदै रकम असुली गर्न थालेका छन् । यसरी सचिव सिंहले धम्क्याउँदै रकम असुली गर्न थालेपछि मातहतका इन्जिनियरलगायतका कर्मचारीले त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रकम असुली सम्बन्धमा गुनासो आएको भन्दै सिंहसँग स्पष्टीकरण सोधेको छ । आर्थिक वर्षको समापन हुनै लाग्दा विभिन्न विकासे मन्त्रालयमा रकमको लेनदेन हुने गरेको छ । विभिन्न मन्त्रालय र मातहतका निकायमा कर्मचारी सरुवामा आर्थिक चलखेल हुने गरेको र अहिले त्यो क्रम अत्याधिक रहेको स्रोतको दाबी छ ।

सहरी विकास सचिव सिंहले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको मिलिमतोमा मातहतका कर्मचारीसँग रकम असुली गर्न थालेको कर्मचारीको आरोप छ । सचिव सिंहले पनि मन्त्री र मन्त्रीको पार्टीलाई रकम आवश्यक पर्ने भन्दै मन्त्रीको नाम लिँदै वरिष्ट इन्जिनियर तथा मातहका कर्मचारीसँग रकम बार्गेनिङ गर्दै आइरहेको बताइएको छ ।

सचिव सिंहले भने जति रकम नदिए अपायक ठाउँमा सरुवा गरिदिने भन्दै इन्जिनियरलाई दुःख दिने काम गरिरहेका छन् । ‘सचिव सिंहले हाकाहाकी रकम माग्न थालेपछि हामी बाध्य भएर अख्तियार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी हाल्न बाध्य भएका हांै ।’ एक वरिष्ट इन्जिनियरले राजधानीसँग भने ।

पीडित कर्मचारीले अख्तियार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिंहविरुद्ध छानबिनको माग गर्दै उजुरी हाले पनि सुरुमा प्रधानमन्त्री कार्यालयले खासै चासो दिएको थिएन तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहरी विकास सचिव सिंहले सहरी विकासमन्त्रीको नाम लिँदै मातहतका कर्मचारी सँग रकम असुली गर्न थालेको उजुरी आएकाले त्यस विषयमा आवश्यक छानबिन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरेको थियो ।

अख्तियारबाट पत्र आएपछि मुख्य सचिव शंकरदास वैरागीले पनि यो विषयलाई गम्भीरतापूर्वक लिएर कारबाही अघि बढाएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । मुख्य सचिव वैरागीद्वारा रकम लेनदेन’दयगत प्रस्ट पार्न र यथार्थ जानकारी दिन भन्दै सचिव सिंहलाई स्पष्टीकरण सोधेको पत्र सहरी विकास मन्त्रालयमा आइपुगेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले पनि सिंहविरुद्ध उजुरी परेपछि र अख्तियारबाट छानबिन गर्नुपर्ने पत्र आएकाले सोहीअनुसार सचिव सिंहसँग स्पष्टीकरण माग गरिएको जानकारी दिएको छ । सुरुमा सहरी विकासमन्त्री झाँक्रीसँग केही विषयमा टसल भएपछि सचिव सिंहको गत १३ मंसिरमा प्रधानमन्त्री कार्यालयमा सरुवा भएको थियो । विवादास्पद छविका सिंह पुनः शक्तिकेन्द्रको प्रयोग गरी मन्त्री झाँक्रीलाई समेत प्रभावमा पारेर चार महिनापछि फेरि सहरी विकास मन्त्रालयमा नै फर्कन सफल भएका थिए । आजको राजधानी दैनिकमा समाचार छ।  

Artha Sanjal
मिती : ६ असार २०७९, सोमबार ०९:१८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

लगातार घट्यो सेयर बजार : मंगलबार १५.७४ अंकको गिरावट

भ्रष्टाचार अवधारणा सूचकाङ्कमा सुधार

अन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक दुई कारोबार निःशुल्क नहुने

शुभम पावरको आईपीओ भोलिबाट निष्कासन गर्ने

ताजा समाचार

  1. लगातार घट्यो सेयर बजार : मंगलबार १५.७४ अंकको गिरावट
  2. भ्रष्टाचार अवधारणा सूचकाङ्कमा सुधार
  3. अन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक दुई कारोबार निःशुल्क नहुने
  4. शुभम पावरको आईपीओ भोलिबाट निष्कासन गर्ने
  5. गोरखामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  6. नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको ७३ लाख कित्ता बढी बोनस सेयर सूचीकृत
  7. दूधको मूल्य बढाउन माग

विजनेश फोकस

मनकामना स्मार्ट लघुवित्तद्वारा लाभांश घोषणा

एनआईसी एशिया लघुवित्तको नाफासँगै अघिकांश सूचकमा...

प्रभु बैंकका सीईओको नियुक्ति गैरकानुनी, उच्च अद...

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइ...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.