कुनै सम्झौतामा हस्ताक्षर नगर्ने गरी गठबन्धनबाट प्रधानमन्त्रीको अमेरिका भ्रमण अनुमोदन

कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने गरी सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अनुमोदन गरेको छ । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा अमेरिकामा हुन लागेको कार्यक्रममा सहभागी हुन जाने तर, प्रधानमन्त्रीले कुनै समझदारी नगर्ने सहमति भएको हो।

अमेरिकी सैन्य रणनीति स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता मस्यौदामा हस्ताक्षर गर्न नेपाली सेना र नेपाल सरकारलाई अमेरिकी सेनाले ताकेता गरेपछि प्रधानमन्त्रीलाई अमेरिका भ्रमण नगर्न संसदीय समितिले सुझाव दिएको भएपनि देउवाको भ्रमण गठबन्धनबाट अनुमोदन भएको हो ।

बैठकमा नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तुरुन्त कार्यान्वयन हुनुपर्ने माग पनि गरेको छ। बैठकमा आफ्नो तर्फबाट यस विषय उठाइएको सो पार्टीका सम्मानित नेता झलनाथ खनालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *