


नेपाली कांग्रेस प्रदेश १ संसदीय दलले प्रदेशको नाम चयन गर्नका लागि अन्य दलसँग छलफल गर्न संसदीय दलका नेता राजीव कोइरालालाई जिम्मा दिएको छ । कांग्रेस संसदीय दलका नेता कोइराला सत्तारुढ गठबन्धनको प्रदेश राजनीतिक समयन्त्रका संयोजक पनि हुन् ।
संसदीय दलको बैठकले जारी १० औं तथा अन्तिम बजेट अधिवेशनमा बजेट पारित भएपछि प्रदेशको नामाकरण गर्ने भन्दै पहल गर्ने निर्णय गरेको हो । कांग्रेस प्रमुख सचेतक सूयर्माराज रार्ईका अनुसार बैठकले नामका विषयमा पार्टी भित्र साझा धारणा बनाउने निर्णय पनि गरेको छ ।
Artha Sanjal

अर्थ सन्जाल