काठमाडौं १६ का भाइरल वडाध्यक्ष रिजालको घरमा मेयर बालेनको ‘लञ्च मिटीङ’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले महानगरको कामकारबाहीलाई सहज बनाउने उद्देश्यका साथ वडा अध्यक्षहरुसँगको छलफल तथा परामर्शलाई तीव्रता दिइरहेका छन् । सोही क्रममा आज (शनिबार) मेयर साहले वडा नम्बर १६ का भाइरल वडाध्यक्ष मुकुन्द रिजाललाई भेटेका छन् । बालेनले रिजाललाई भेटेनन् मात्रै उनकै घरमै खाना पनि खाए ।

रिजाल निवास बालाजुमा पुगेका बालेनले फोहोर व्यवस्थापनका साथै महानगरका कामकारबाहीमा सुझाव मागेका थिए । साहले रिजालको कार्यशैलीबाट आफू प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपक्षा गरेका थिए ।

कलाकार अर्जुन घिमिरे (पाडे)सँगै रिजाल निवास पुगेका शाहाले झन्डै दुई घन्टा बिताएका थिए । लञ्च सहितको सो मिटीङमा रीजालले फोहर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गर्दै त्यसमा सघाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

स्तै पार्टीभन्दा भन्दा माथि उठेर मेयरका जनमूखी अभियानमा सहयोग गर्ने पनि बताएका थिए । ‘नगर प्रमुख ज्यूसँग छलफल भयो’, वडाध्यक्ष रिजालले भने, ‘महानगरपालिका केन्द्रित छलफल भयो ।’ यस्तै भेट्मा सहभागी पाँडेले भने जनप्रतिनिधिहरुसँग परामर्श गर्ने नीतिअनुसार आजको भेटघाट भएको बताएका छन् ।

महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा प्रक्रियाको बिषय मेयर बालेनसँग चर्काचर्की परेपछि रिजाललाई सामाजिक संजालमा भाइरल बनाइएको थियो । तर रिजालले भने आफू समग्र महानगरको विकासको पक्षमा रहेको र महानगरपालिको संचालन प्रक्रियामा टेकेर हुनुपर्छ मात्र भनेको बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *