बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै आइरहेको माछापुच्छ्रे बैकले विशेष गरी डिजीटल बैंकिङ्गमा अनुसन्धान र खोजलाई प्राथमिकता राख्र्दै नविनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकहरु माझ संचालन गर्दै आएको विदितै छ ।
यसैक्रममा समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिदै ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्धेश्यले MBL CARDLESS WITHDRAWAL सेवा बैंकले संचालनमा ल्याएको हो ।
हाल डेबिट कार्ड प्रयोग गरी ATM बाट रकम झिक्दै आएका हाम्रा ग्राहकहरूले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी Cardless Withdrawal Option गई यस बैंकको ATM हरु बाट नगद झिक्न सक्नुहुनेछ ।
यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैंकले आफ्ना ग्राहकहरूलाई अनुरोध गर्दछ ।







