हिमालयन डिष्टिलरीको नाफा २१ करोड

हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा कम्पनीले २१ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.७० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २६ दशमलव ९३ प्रतिशत बढेको छ । कम्पनीले आम्दानी बढाएर १ अर्ब २३ करोड १० लाख ६० हजार रुपैयाँ पुर्‍याएको छ । कम्पनीले गत वर्षको सोही अवधिमा ९६ करोड ९८ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको थियो । हिमालयनले गत वर्ष ५० प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी ८६ करोड ७७ लाख २ हजार रुपैयाँ पुर्‍याएकाे छ । कम्पनीको बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न सहयोग पुगेको हो।

त्यसैगरी, कम्पनीको सञ्चालनबाट कुल आम्दानी १७.९७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ११.९८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ५० प्रतिशत बढेको छ भने जगेडा कोष ५६.२७ प्रतिशत बढेको छ।

कम्पनीको खुद नाफा बढेपनि कम्पनीको प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३२ रुपैयाँ २३ पैसा घटेर ९७ रुपैयाँ ४० पैसामा झरेको छ। कम्पनीले ५० प्रतिशत बोनस सेयर वितरण गरेका कारण यस्तो आम्दानी घट्न पुगेको हो । समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २५५ रुपैयाँ ३७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७० दशमलव ८३ गुणा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *